काठमाडौं/ राष्ट्रियता, राष्ट्रिय आत्मसम्मान, राष्ट्रिय स्वार्थ र आम नागरिकको भावनालाई लत्याउँदै निर्माण गरिने सत्ता र शक्तिको महलको मोहडा कुरुप कुरुप हुने लेखक तथा पूवाधार विज्ञ सूर्यराज आचार्यले बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रधानमन्त्री केपी ओली लगायत सत्तामा नेतृत्व गरेका त्यस्ता नेता नेतृत्व पँक्तिलाई संकेत गर्दै आम नागरिकको भावनालाई लात मारेर निर्माण हुने शक्तिको महल कुरुप र घिन लाग्दो हुने बताएका हुन् ।
मुलुकमा समृद्धि नहुनु मुल नेतृत्व वर्ग नै खराबी र सत्ता स्वार्थमा घुम्ने कारणहरु लेख्दै आएका आचार्यले यस्तो कडा टिप्पणी गरेका हुन् ।
त्यस्ता नेतृत्वका महलका कोठा चोटा दुर्गन्धित हुने उनले लेखेका छन । जसको कुनै जनतालाई काम नुहुने समेत बताएका छन् । बरु नेपालीले यस्तो प्रवृत्तिबाट जोगिनुपर्ने र जोगिन चेतना विकास गर्नुपर्ने उनको टिप्पणी छ ।