प्रतिस्थापन बजेटप्रति नाडाको प्रतिक्रिया : नेपालमा अव अटोमोवाइल उद्योगहरुको उदय हुने

 प्रतिस्थापन बजेटप्रति नाडाको प्रतिक्रिया : नेपालमा अव अटोमोवाइल उद्योगहरुको उदय हुने

अर्थ डबली
सोमवार, भदौ २८ २०७८
अर्थ डबली
सोमवार, भदौ २८ २०७८ (अर्काइभ बाट)
  •  प्रतिस्थापन बजेटप्रति नाडाको प्रतिक्रिया : नेपालमा अव अटोमोवाइल उद्योगहरुको उदय हुने

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आर्थिक बर्ष २०७८/०७९ को लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।

    images
    images

    आइतबार एक विज्ञप्ति जारी गर्दै नाडाले अर्थमन्त्री शर्माले आफ्नो प्रतिस्थापन बजेट मार्फत व्यवसायीहरूको अनुरोधअनुसार बजेट ल्याएको भन्दै नेपालमा अब अटोमोवाइल उद्योगहरूको उदय हुने प्रतिक्रिया दिएको हो । 

    प्रतिस्थापन बजेटले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएको छ । 

    सरकारले प्रतिस्थापन बजेटमार्फत गरेको यस्तो घोषणालाईस्वागत गर्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले अब नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा समेत राखेको बताए । 

    यद्यपि, त्यस्ता सवारी साधनहरू उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुदैमा त्यस्ता उद्योगहरूलाई कुनै असर पर्न नहुने नाडाले बताएको छ । 

    नाडाले झण्डै एक दशक अघि देखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रूपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको थियो । 

    कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरू प्रायः प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता निजी सवारी साधनहरुले ने विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक बृद्धि भएको छ र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने नाडाको भनाई छ । 

    बर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दे सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा बृद्धि समेत गरेको नाडाले जनाएको छ । 

    मोटरसाइकलको सेगमेण्टमा भईरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने भन्दै नाडाका अध्यक्ष दुलाले सरकारले गत बर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि समेत सरकारसमक्ष आग्रह गरेका छन् । 

    साताको लोकप्रीय