सुनचाँदीको मूल्य फेरि लाग्यो उकालो, प्रतितोला ३०० रुपैयाँले बढेको सुनको भाउ कति पुग्यो ? 

सुनचाँदीको मूल्य फेरि लाग्यो उकालो, प्रतितोला ३०० रुपैयाँले बढेको सुनको भाउ कति पुग्यो ? 

अर्थ डबली
सोमवार, भदौ २८ २०७८
अर्थ डबली
सोमवार, भदौ २८ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्य फेरि लाग्यो उकालो, प्रतितोला ३०० रुपैयाँले बढेको सुनको भाउ कति पुग्यो ? 

    काठमाडौँ / सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । आइतबार घटेर कारोबार भएको सुनको भाउ सोमबार भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने भएको छ । आइतबार ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ३०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । आइतबार एक हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय