शेयर बजारमा सामान्य बृद्धि, ९ अर्बको कारोबार भएको बजारमा कुन कुन समूहको परिसूचक बढ्यो ? 

शेयर बजारमा सामान्य बृद्धि, ९ अर्बको कारोबार भएको बजारमा कुन कुन समूहको परिसूचक बढ्यो ? 

अर्थ डबली
सोमवार, भदौ २८ २०७८
अर्थ डबली
सोमवार, भदौ २८ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा सामान्य बृद्धि, ९ अर्बको कारोबार भएको बजारमा कुन कुन समूहको परिसूचक बढ्यो ? 

    काठमाडौँ / उतार चढावकाबीच साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य बृद्धि देखिएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन उच्च अङ्कले बढेको बजार २ हजार ९४७.४२ बिन्दुमा बन्द भएको थियो भने आज ०.२७ अङ्कले बढेर २ हजार ९४७.७० बिन्दुमा पुगेको हो ।

    कारोबार रकममा पनि आइतबारको तुलनामा सामान्य गिरावट आएको छ । आइतबार ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा यसदिन ९ अर्ब २९ करोड ५५ लाख ४१ हजार रुपैयाँ मात्रैको कारोबार भयो । 

    सोमबार कारोबारमा आएका समूहमध्ये सातओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचकमा गिरावट आएको छ । यो दिन सबैभन्दा बढी निर्जीबन बीमा समूहको परिसूचक १.४८ प्रतिशतले बढेको छ भने बैंकिङ् उपसमूहको परिसूचक ०.८६ प्रतिशतले बढेको छ ।

    त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा र व्यापारिक समूहको परिसूचक पनि आज सामान्य बढेका छन् । सोमबार हाइड्रोपावर समूहका लगानीकर्ताहरूले सर्वाधिक बढी गुमाएका छन् । यसदिन हाइड्रो पावर समूहको परिसूचक २.५४ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहको परिसूचक पनि १.३५ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचकमा पनि गिरावट आएको छ । 

    सोमबार तीनओटा कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बृद्धि भएको छ । यो दिन अजोड इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । प्रतिकित्ता ७८ रुपैयाँ १० पैसाले बढेको सो कम्पनीको शेयरको अन्तिम मूल्य ८५९ रुपैयाँ १० पैसा पुगेको हो ।

    त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि आज ९.९९ प्रतिशतले बृद्धि भएको छ । कालिका पावर कम्पनीका लगानीकर्ताहरूले भने आज सर्वाधिक बढी गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले घटेको छ भने राइराङ हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य पनि आज ५ प्रतिशत बढीले घटेको छ । 

    २२६ ओटा कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर खरिदबिक्री भएको बजारमा आज अरुण भ्याली हाइड्रो पावरको कारोबार रकम सर्वाधिक बढी भएको देखिएको छ ।

    उक्त कम्पनीको आजको शेयर कारोबार रकम ६१ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४७ करोड ५७ लाख ७४ हजार रुपैयाँ, नेशनल हाइड्रो पावर कम्पनीको ३४ करोड ३० लाख १५ हजार रुपैयाँ, नविल बैंकको ३० करोड ७३ लाख ५६ हजार रुपैयाँ र अपि पावर कम्पनीको २८ करोड ३५ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    साताको लोकप्रीय