कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता रामचन्द्र पौडेल

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता रामचन्द्र पौडेल

अर्थ डबली
मंगलवार, चैत ३ २०७७
अर्थ डबली
मंगलवार, चैत ३ २०७७ (अर्काइभ बाट)
  • कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता रामचन्द्र पौडेल

    काठमाडौँ /नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्। 

    images
    images

    नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय लागेको जनाउँदै नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेको छ भने। 

    ‘संसद्मा हाम्रो सङ्ख्या थोरै होला तर हाम्रो भूमिका महत्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ’, उनले भने । 

    उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझावमात्र दिन सक्ने बताए। 

    वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढङ्गले चलाउने सक्ने पार्टी कांग्रेसमात्र रहेको दाबीसमेत गरे ।

    नेता पौडेलले तीन दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई नगद २५ हजारसहित सम्मान गरेका थिए । 

    लौडारी रेडियो तरङ्ग र हिमदूत दैनिकमा आबद्ध छन् । 
    सम्मानित व्यक्तित्व लौडारीले सशस्त्र द्धन्दका धेरै समाचार लेखेको अनुभव सुनाउँदै शान्ति पुरस्कारले थप जिम्मेवार बनाएको बताए।

    पूर्णप्रसाद÷माया बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले धर्म, संस्कार, संस्कृति र शान्तिको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको बताए । 

    कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष नवीन सिग्देललगायतले समसामयिक राजनीति र पत्रकारिताको भूमिकाको विषयमा आफ्नो भनाइ राखेका थिए । 

    साताको लोकप्रीय