कर बुझाउने म्याद थप गर्न अटोमोवाइल व्यवसायीहरूको आग्रह 

कर बुझाउने म्याद थप गर्न अटोमोवाइल व्यवसायीहरूको आग्रह 

अर्थ डबली
सोमवार, बैशाख २० २०७८
अर्थ डबली
सोमवार, बैशाख २० २०७८ (अर्काइभ बाट)
  • कर बुझाउने म्याद थप गर्न अटोमोवाइल व्यवसायीहरूको आग्रह 

    काठमाडौँ / अटो मोवाइल व्यवसायीहरूले कर बुझाउने म्याद थप गर्न सरकारसमक्ष आग्रह गरेका छन् । नयाँ भेरियन्टको कोरोना संक्रमण तीब्र रूपमा फैलिएको कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लाहरूमा जारी निषेधाज्ञा गरेको समयमा कर बुझाउन नसकिने भन्दै व्यवसायीहरुले सो आग्रह गरेका हुन् । 

    images
    images

    अटो मोवाइल व्यवसायीहरूको संस्था नाडा अटो मोवाइल एशोसियन अफ नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बझाउन सकिने भन्दै उक्त व्यवस्थाका लागि अनुरोध गरेको हो । 

    विज्ञप्तिमा भनिएको छ “व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछु ।” 

    त्यसैगरी एशोसिएसनले नेपालका सम्पुर्ण अटोमोवाइल व्यवसायीहरुलाई आफना अटोमोवाइल वर्कशपहरूमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरू मै बुझाई कोरोना महामारी विरुद्ध लड्न सहयोग गर्न समेत एशोसिएसनले आग्रह गरेको छ ।

     

    साताको लोकप्रीय