सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap Send UK बीच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap Send UK बीच रेमिटान्स कारोबार सुरु

अर्थ डबली
मंगलवार, भदौ ८ २०७८
अर्थ डबली
मंगलवार, भदौ ८ २०७८ (अर्काइभ बाट)
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर र  Taptap Send UK बीच रेमिटान्स कारोबार सुरु

    काठमाडौँ/ युके को ख्यातिप्राप्त टपटप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युकेमा रहेका नेपालीहरुले टपटप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने छ ।

    images
    images

     नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ । साथै हरेक करोबारमा लाभार्र्थीहरुलाई एसमेसएसद्वारा जानकारी पनि गराईन्छ । 

    सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टपटप सेन्डका तर्फबाट निर्देशक Michael Faye ले गरेका छन् । 

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय