सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरतामा बढाउन घरदैलो कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरतामा बढाउन घरदैलो कार्यक्रम

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरतामा बढाउन घरदैलो कार्यक्रम

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता बृद्धि गर्ने उद्देश्यले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै सामाजिक दुरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै एकैसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालबन गरेको हो । 

    images
    images

    घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना दिने काम गरिएको बैंकले जनाएको छ । 

    यो कार्यक्रममार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ् पुगेर सर्वसाधारणहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

    यो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको जनाएको छ । उक्त कार्यक्रममा मुलुकभर फैलिएका बैंकका ९६ वटै शाखा कार्यालयहरुबाट गरिएको र अभियानमा बैंकका कर्मचारीहरुको समेत उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । 

    कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा फेरि पनि सञ्चालन गर्ने बैंकको योजना रहेको बैंकले जानकारी दिएको छ । बैंकले सञ्चालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहकलगायत सर्वसाधारण पनि लाभान्वित भएको विश्वास रहेको बैंकले जनाएको  । 

     

    साताको लोकप्रीय