पोखराः भिरालो क्षेत्रमा हरियाली धानको दृश्य

पोखराः भिरालो क्षेत्रमा हरियाली धानको दृश्य

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • पोखराः भिरालो क्षेत्रमा हरियाली धानको दृश्य

     

    images
    images

    पोखरा महानगरपालिका–२१ कृष्तीस्थित खेतमा रोपिएकोे  हरियाली धानको दृश्य । राधिका कँडेल÷रासस

     

    थप समाचारः 
    सिलादीमा वन नर्सरीः  बिरुवा उत्पादनसँगै रोजगारी

    गुल्मीको मालिका गाउँपालिका–७ घमिर सिलादीकी देविका अर्याल केसी विगत एक वर्ष तीन महिनायता व्यस्त छन् ।

     सिलादीमा स्थापना भएको सिलादी वन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने र बिरुवा सार्ने उनको दैनिकी बनेको छ । 

     तीन वर्षअघि श्रीमान्को मृत्यु भएपछि तीन जना छोराछोरीलाई हुर्काउँदै आउनुभएकी उहाँलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पथ्र्यो । तर घरछेवैमा वन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, वन नर्सरीमा रोजगार पाउनु ।

    “पहिलेपहिले घरखर्च चलाउन निकै गाह्रो थियो, त्यही बेला वन नर्सरी स्थापना भयो”, उनले भने, “नर्सरीमा काम पाउँदा खुसी लागेको छ ।” उनले पहिलेपहिले मासिक १० हजारमा काम गर्दै आएकामा अहिले भने दैनिक ३५० मा काम गर्दै आएको छ । 

    नर्सरी केन्द्रमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेललगायत सामाग्री जोहो गर्न सहयोग पुगेको उनको भनाइ छ । बिरुवा नर्सरी केन्द्र स्थापना भएदेखि नै उनी काममा लागेका हुन् 
     
    मालिका गाउँपालिका–८ किसनटारीकी २८ वर्षीय सीता खनाल पनि दिउँसोमा बिरुवा नर्सरी केन्द्रमै काम गर्छन् । नयाँ बिरुवा जमाउने, सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्नेलगायतका काम गर्छन् । 

    “पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५÷२० दिनसम्म काम हुन्छ ।” उनले भने, “घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ ।” उनका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । 

    घरमा सासू र छोराछोरी छन् । केन्द्रमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमान्कै आश गर्नु नपरेको उनले सुनाए ।  उनले महिनाको १० हजारसम्म कमाउँछन् । नियमित वन नर्सरीमै काम पाए गर्ने योजना रहेको उनले बताए । 

     देविका र सीता केन्द्रमा काम गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुनुहुन्छ । माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा काम बढी हुन्छ । नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्नेलगायत काम हुन्छन् ।

     उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको मदाने मालिका सबडिभिजन वन कार्यालयका वन रक्षक छविलाल अर्यालले जानकारी दिए ।

     यसरी मालिका गाउँपालिका–७ घमिर सिलादीमा वन नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ । 

    हालसम्म वन नर्सरीमा एक हजार १७५ दिनको काम भएको र उक्त कामबापत स्थानीयले सात लाख ९९ हजार प्राप्त गरेका छन् । एक नर्सरी नाइकेले नौ महिनाको ७० हजार प्राप्त गरेका छन् ।

    ६० हजारमध्ये ४२ हजार वितरण

     पाँच रोपनी क्षेत्र ओगटेको नर्सरी केन्द्रमा २७ प्रजातिका बिरुवा लगाइएको  छ । राइखन्नु, किम्बुलगायत घाँस, टिमुर रुख कटहरलगायतका फलफूल, चाँप, धुपी, पारिजात लगायत फूल एवं काठजन्य प्रजातिका बिरुवा केन्द्रमा पाइन्छन् ।

     केन्द्रमा सल्यान, प्यूठान, इटहरी, पोखरा, काठमाडौँलगायतका स्थानबाट बीउ ल्याई बिरुवा जमाइएको छ । नर्सरीको स्थापना हुँदा ६० हजार बिरुवा जमाइएको थियो । तीमध्ये अहिले ४२ हजार १३३ बिरुवा वितरण भइसकेका छन् । 

     सबैभन्दा धेरै चाप ३० हजार ८३६ जमाएकामा २५ हजार ८१९ वितरण गरिएको छ । सबैभन्दा कम अशोका पाँच जमाएकामा सात वटा मात्रै वितरण गरिएको वन रक्षक अर्यालले बताए । नर्सरीबाट सबै बिरुवा निःशुल्करुपमा प्राप्त गर्न सकिन्छ । अहिलेसम्म ८१० व्यक्तिले बिरुवा लगेको अर्यालले बताउनुभयो । 

     केन्द्रमा लगाइएका बिरुवा मालिका गाउँपालिकासँगै मदाने, इस्मा, धुर्कोट, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत विभिन्न स्थानमा वितरण गरिएको छ । 

    त्यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, व्यारेक, पालिकाका कार्यालय तथा रेसुङ्गा क्षेत्रमा समेत बिरुवा पु¥याइएको जिल्ला वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

     बिरुवा नर्सरी केन्द्रको स्थापनाका लागि सिलादीमा केही संरचना निर्माण गरिएको छ । 

    तेह्र मिटर चौडाइ र २४ मिटर लम्बाइको ग्रिन हाउस, बिरुवा उमार्ने टनेल, टिमुरको टनेल, भवन, गोल घर, गेट तथा नर्सरी वरिपरि तारवार लगाइएको छ । 

    उक्त कामका लागि आर्थिक वर्ष ०७६÷७७ मा १० लाख तथा ०७७÷७८ मा १० लाख खर्च भएको वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । खाली रहेका जग्गामा लोपोन्मुख प्रजातिका बिरुवा लगाउने उद्देश्यले ०७६ चैतमा नर्सरीको स्थापना गरिएको थियो ।

     त्यसका साथै उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने पनि नर्सरी स्थापना गर्नुको उद्देश्य रहेको वन कार्यालयका प्रमुख सापकोटाले जानकारी  बताए ।

    साताको लोकप्रीय