गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

    वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ । 
    भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन् । 

    images
    images


    सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन भने प्रदीप हमालले गरेका हुन् । 


    देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चीकै उच्च कोटीको राष्ट्रिय गीत भएको बताइएको छ । देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ ।

    गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।  
    नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका  छन् । 

    nepali song.JPG

    चन्द्र सूर्य अङ्कित निशान
    मेरो देशको ज्युँदो पहिचान‘

    गीतको हरफमा भनेजस्तै साँच्चिकै देशको मायालाई उजागर गरेको छ । गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि सम्मान हुने कुरा प्रस्तुत गरिएको छ ।
     जुनसुकै ठाउँमा गएको भए पनि आफ्नो देशको मायालाई कसैले पनि भुल्न नसक्ने प्रष्ट्याइएको छ ।

     

    साताको लोकप्रीय