अनियन्त्रित र अवैधरुपमा फूलमाला आयात नगर्न फ्लोरिकल्चर  एसोशिएसन तथा पुष्प उत्पादक किसान संघको चेतावनी 

अनियन्त्रित र अवैधरुपमा फूलमाला आयात नगर्न फ्लोरिकल्चर  एसोशिएसन तथा पुष्प उत्पादक किसान संघको चेतावनी 

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • अनियन्त्रित र अवैधरुपमा फूलमाला आयात नगर्न फ्लोरिकल्चर  एसोशिएसन तथा पुष्प उत्पादक किसान संघको चेतावनी 

    काठमाडौं / फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको संयुक्त पहलमा आनियन्त्रित रूपमा आयात भएको बस्तुहरु नष्ट गरेको छ । 

    images
    images

    सजावटमा प्रयोग हुने कपडा, सयपत्री फूलमाला, गुलाफको ताजा फूल र जरा हितको लक्की व्याम्बो काठमाडौँबाट गाडि सहित जफत गरी केही सामान नष्ट गरिएको र केही सामान राष्ट्रिय प्लान्ट क्वारेन्टाइन  तथा विषदी व्यवस्थापन केन्द्र पुल्चोकलाई बुझाइएको संघले जनाएको छ । त्यस्तो गतिविधि तथा बस्तु आयात गर्नेहरुप्रति संघ रुष्ट बनेको छ । 
     
    आगामी दिनमा अनियन्त्रित तथा अवैध रुपमा आयात नगर्न र ताजा पुष्पको नाममा अन्य सामान समेत आयात नगरी नेपाली पुष्प उत्पादक कृषकको उत्पादनलई बजार सहजीकरणमा सहयोग पुर्याउन सम्बन्धित सबै क्षेत्रलाई संघले सूचित समेत गरेको छ । 

    नेपाली पुष्प किसानहरुको उत्पादनको बजारीकरणमा असर पुग्ने गरी गरिने कुनैपनि प्रकारको हर्कतको घोर भर्त्सना संघले गरेको छ । 

    आगामी दिनहरुमा समेत यस खालको गतिविधि भइरहे पुष्प कृषकहरुले आफ्नो हकहितका लागि प्रतिकार सशक्त गर्ने बताइएको छ । 

     

    साताको लोकप्रीय