शेयर बजारमा पहिरो : २.६५ प्रतिशतले घटेको बजारमा कारोबार रकममा भने बृद्धि, कुन समूहका लगानीकर्ताले कति गुमाए ? 

शेयर बजारमा पहिरो : २.६५ प्रतिशतले घटेको बजारमा कारोबार रकममा भने बृद्धि, कुन समूहका लगानीकर्ताले कति गुमाए ? 

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा पहिरो : २.६५ प्रतिशतले घटेको बजारमा कारोबार रकममा भने बृद्धि, कुन समूहका लगानीकर्ताले कति गुमाए ? 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा नेप्से परिसूचक ७६.६५ प्रतिशतले घटेर २ हजार ८१२.३९ बिन्दुमा झरेको छ ।

    images
    images

    पछिल्लो समय निरन्तर गिरावट आएको बजारमा बिहीबार पनि बजार २.६५ प्रतिशतले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार ४०.२६ अङ्क अर्थात १.३७ प्रतिशतले घटेर २ हजार ८८९.०३ बिन्दुमा झरेको थियो भने कारोबार रकममा भने संकुचन आएको थियो । 

    बिहीबार खरिदकर्ताको तुलनामा शेयर बिक्री गर्ने लगानीकर्ताहरूको चाप बढेपछि कारोबार रकम बढे पनि परिसूचकमा भने सुधार आउन सकेन । यस दिन शेयर बजारमा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका हुन् । 

    बुधबार ५ अर्ब ३५ करोड ८० लाख ७ हजार रुपैयाँ मात्रैको शेयर कारोबार भएको थियो । बिहीबार सेन्सेटिभ इन्डेक्स पनि १२.७३ अङ्कले घटेर ५२५.७८ बिन्दुमा झरेको छ । 

    बिहीबार वित्त समूहको परिसूचक सर्वाधिक बढी ४.९४ प्रतिशतले घटेको छ भने हाड्रोपावर समूहको परिसूचक ४.०८ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३.६२ प्रतिशत, व्यापारिक समूहको ३.२६ प्रतिशत र लघुवित्त समूहको परिसूचक ३.१४ प्रतिशतले घटेको छ ।

    यसैगरी निर्जीबन बीमा समूहको २.९४ प्रतिशत, जीवन बीमा समूहको ७९ प्रतिशत, बैंकिङ उपसमूहको २.११ प्रतिशत, लगानी समूहको २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.०४ प्रतिशत, म्युचुअल फण्डको १.५२ प्रतिशत र अन्य समूहको परिसूचक १.६८ प्रतिशतले परिसूचकमा गिरावट आएको छ । 

    उच्च अङ्कले घटेको बजारमा १० प्रतिशतले बृद्धि भएको छ । यसैगरी यो दिन सर्वाधिक बढी कर्पोरेट विकास बैंकका लगानीकर्ताहरूले गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताहरूले ८.१७ प्रतिशतले गुमाएका हुन् ।

    त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ७.१८ प्रतिशत, आइसिएफसि फाइनान्सको ७.०३ प्रतिशत, लिबर्टी इनर्जी कम्पनीको ६.७४ प्रतिशत, चन्द्रागिरी हिल्सको ६.५६ प्रतिशत, गुडवील फाइनान्सको ६.४५ प्रतिशत, युनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्टको ६.२६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.२४ प्रतिशत र बरुण हाइड्रो पावरको शेयरमूल्य ६.०७ प्रतिशतले घटेको छ । 

    कारोबार अवधिभर २२९ ओटा कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर एक लाख १३ हजार ८०७ पटकमा किनबेच भएको छ । आज कूल ९ अर्ब ३ करोड ३९ लाख हजार रुपैयाँ बराबरको शेयर कारोबारमा आज सर्वाधिक हिस्सा अरुण भ्याली हाइड्रो पावरको रहेको छ । उक्त कम्पनीको ३८ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

     

    साताको लोकप्रीय