चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप

चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप

    काठमाडौँ / सरकारले  चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएकोे जानकारी दिए ।

    images
    images

    नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । 

    खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ । 

    साताको लोकप्रीय