काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।
काठमाडौं मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेपछि नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
उनले अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने भन्दै कडा आपत्ति प्रकट गरेका छन् । अध्यादेश संविधानको मूल्य मान्यता र भावनाविपरित भएको अध्यक्ष प्रचण्डको तर्क छ ।
राष्ट्रपतिले जारी गरेको अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको उनले बताए ।
संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेला विना जानकारी आफ्नै कुनियत राखेको तर्क गरे ।