स्थायी समितिको बैठक बस्न सकेन, महासचिवसहित छलफलमा बसे ओली र प्रचण्ड 

स्थायी समितिको बैठक बस्न सकेन, महासचिवसहित छलफलमा बसे ओली र प्रचण्ड 

अर्थ डबली
बुधवार, पुस १ २०७७
अर्थ डबली
बुधवार, पुस १ २०७७ (अर्काइभ बाट)
  • स्थायी समितिको बैठक बस्न सकेन, महासचिवसहित छलफलमा बसे ओली र प्रचण्ड 

    काठमाडौँ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले उग्र रुप लिएको छ । 

    images
    images

    बुधबार दिउँसो १ बजे बोलाइएको स्थायी समिति बैठक बैठकमा केपी शर्मा ओली सहभागी नहुँदा ३ बजेसम्म बस्न नसकेपछि सहमतिको पहल थालिएको छ । 

    स्थायी समितिको बैठक बस्न नसकेपछि सहमतिको पहलस्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेल छलफलमा बसेका छन्।

    यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी हुन् । 

    प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ ।

    आज बस्ने बैठकमा उक्त अध्यादेश माथि छलफल हुने बताइएको थियो। प्रचण्ड–नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्।

    यसैबिच स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन्।

    साताको लोकप्रीय