कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल 

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल 

अर्थ डबली
आइतवार, असोज ३ २०७८
अर्थ डबली
आइतवार, असोज ३ २०७८ (अर्काइभ बाट)
  • कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल 

    काठमाडौँ / कमेडी च्याम्पियन सिजन–२ को शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा ताप्लेजुङका भरतमणि पौडेल बिजेता बनेका छन् । सबैभन्दा बढी भोट पाएको आधारमा पौडेल विजेता घोषित भएका हुन् । जितेसँगै उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

    images
    images

    यसअघि भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले वाहवाही बटुलेका थिए भने सोहीकारण उनले   ‘पफर्मर अफ द राउण्ड’ घोषित भएर सिधैँ फाइनलमा पुगेका थिए । उनीसँगै फाइनमा गोर्खाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवालले प्रतिस्पर्धा गरेका थिए । 

    जसमध्ये फस्ट रनरअप बिक्की भएका छन् भने सन्तोष सेकेन्ड रनरअप भए । जितसँगै विक्कीले टीभीएस अपाचेको मोटरसाइकल जितेका छन् भने सन्तोषले स्कुटर जितेका छन् । 


    ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए । 

    कार्यक्रममा बोल्दै कलाकार आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको भन्दै
    कार्यक्रमले देशलाई संसारसँग जोडेको पनि उनले धारणा राखे ।

    साताको लोकप्रीय