चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

अर्थ डबली
बिहिवार, असोज ७ २०७८
अर्थ डबली
बिहिवार, असोज ७ २०७८ (अर्काइभ बाट)
  • चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

    चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेका छन् । 

    images
    images

    मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो  अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेका छन् । 

    उनले भनेका छन् “यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन।” मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र  राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने बताएका छन् । 

    चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलबध गराउन लागेको उनले जानकारी दिएका छन् । 

    मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई  अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । 

    वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

    साताको लोकप्रीय