अजोड इन्स्योरेन्सद्वारा ‘इन हाउस मार्केटिङ’ तथा अभिकर्ता तालिम सम्पन्न

अजोड इन्स्योरेन्सद्वारा ‘इन हाउस मार्केटिङ’ तथा अभिकर्ता तालिम सम्पन्न

अर्थ डबली
बिहिवार, असोज ७ २०७८
अर्थ डबली
बिहिवार, असोज ७ २०७८ (अर्काइभ बाट)
  • अजोड इन्स्योरेन्सद्वारा ‘इन हाउस मार्केटिङ’ तथा अभिकर्ता तालिम सम्पन्न

     

    images
    images

    काठमाडौँ / अजोड इन्स्योरेन्स कम्पनीको  ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न भएको छ । कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरूलाई प्रदान गरेको इन हाउस मार्केटिङ तालिम सम्पन्न भएको हो ।

    कम्पनीका अनुसार सो तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरूको सहभागिता रहेको थियो । त्यस्तै, अजोडको भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिम पनि सम्पन्न भएको छ । 
    कम्पनीले गत भदौ २९, ३० र ३१ गते सो तालिम सञ्चालन गरेको थियो । 

    तालिममा सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरूले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

    साताको लोकप्रीय