कस्तो ठाउँमा नास्पाती खेती राम्रो हुन्छ ? प्रविधि र नास्पातीका फाइदा [ ३० टिप्स ]

कस्तो ठाउँमा नास्पाती खेती राम्रो हुन्छ ? प्रविधि र नास्पातीका फाइदा [ ३० टिप्स ]

अर्थ डबली
बिहिवार, असोज ७ २०७८
अर्थ डबली
बिहिवार, असोज ७ २०७८ (अर्काइभ बाट)
  • कस्तो ठाउँमा नास्पाती खेती राम्रो हुन्छ ? प्रविधि र नास्पातीका फाइदा  [ ३० टिप्स ]

    नास्पाती वा नासपाती पूर्वी एशियामा पाइने फल हो । यो एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ । नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन ।

    images
    images

    १. नास्पातीका थुपै्र जातहरू पाइन्छन् । कुनै जातहरू अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ भने जापानिज जातका नास्पाती १४०० मीटर माथि सफल हुन्छन् ।

    २. नास्पाती खेती गर्न जस्तोसुकै माटो उपयुक्त हुन्छ तर प्राङ्गारिक पदार्थको प्रचुरता र पानीको विकास भने राम्रो हुनु पर्दछ । माटोको पि.एच. मान ५.५ देखि ६.० भएको राम्रो मानिन्छ ।

    ३. वार्टलेट, हार्टी र कन्फरेन्स नामक जातका नास्पातीले बढी चिसो रुचाउँछन् । कोसुई, होसुई, चोजुरो, निईताका, सिन्को, आतागो, किकुसुई आदि जापानीज जातका नास्पाती मध्यम चिसोमा लगाउन सकिन्छ भने मध्यम खालको चिसो मन पराउने एक मात्र फर्पिङ्ग स्थानीय जात हो । ठाउँ अनुसार नास्पातीका अन्य स्थानीय जातहरु पाइन्छ । 

    ४. नास्पातीको बिरुवाहरू कलमी विधिबाटै तयार गरिन्छ । यसको लागि मयल वा भोटे मयलको बीउबाट बिरुवा उत्पादन गरी त्यसमा फाल्गुण महिनामा सायन जोडी बिरुवा तयार गरिन्छ । भिरालो, जग्गा, कान्लामा लगाइने नास्पाती समथर जमीनमा षडकोणाकार तरीकाले बिरुवा लगाउन सकिन्छ ।

    ५. जापानजीज जातका बिरुवाहरु ४ह४ मीटर दुरीमा लगाईन्छ भने स्थानीय फरपिङ्ग जातलाई भने कम्तीमा पनि ६ ह६ मीटरको दुरी कायम गर्नु पर्दछ । बगैंचा लगाउने स्थान मट्याईलो भएमा १ घन मीटर भन्दा कमको खाडल खन्दा पनि हुन्छ तर ढुङ्गयाइलो माटोमा भने कम्तीमा १ घन मीटर वरावरको खाडल खन्नै पर्ने हुन्छ । यसरी खनेको खाडलमा कम्पोष्ट मल र माटो १स्३ को अनुपात मिलाई पुर्नु पर्दछ ।

    naspatia.jpg

    ६. करीब ३ फीट उचाईका स्वस्थ्य बिरुवाहरू पुस–माघ महिनामा पहिले खनी राखेको खाडलमा सार्दा भने संख्या निकै न्यून हुन आउँछ । 

    ७. नास्पाती अग्लो र फैलिने खालको फलफूल हो तर यसको पूर्ण विकास हुन करीब ८–१० वर्ष लाग्दछ । यस अवधिमा केही आरुवखडा, अदुवा, वेसार, आलु र दाल वालीहरु सिमी, केराउ, मास, भट्मास जस्ता वालीहरू बिरुवाको उमेर ८–१० वर्षको नहुन्जेल लगाउन सकिन्छ ।

    ८. नास्पातीको बोटलाई उमेर अनुसारको अलग अलग मात्रा सिफारिस गरिएको हुन्छ । २ वर्षको नफलेको बिरुवालाई २० के.जी. कम्पोष्ट, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फस्फोरस, १० ग्राम पोटासको आवश्यक हुन्छ भने सोही बिरुवालाई १० वर्ष पुगेपछि ६० के।जी। कम्पोष्ट, ४०० ग्राम नाईट्रोजन, २०० ग्राम फस्फोरस र ४० ग्राम पोटासको आवश्यकता पर्दछ ।

    ९. रासायनिक मलहरू वर्षको ३ पटक प्रयोग गरेको पनि पाइन्छ तर ब्यवहारिक रूपले सजिलो तथा बिरुवालाई फाइदा पुग्ने पहिलोपटक पुस–माघमा ७५५ र बाँकी २५५ जेष्ठ महिनातिर हाल्नु उपयुक्त हुन्छ । 

    १०. यो एक पतझड बिरुवा भएकोले हिउँदको महिनामा बिरुवालाई तालिम तथा काँटछाँट गर्न अनिवार्य आवश्यकता हुन्छ । तालिम तथा काँटछाँट गरिएका बिरुवाहरु ठीक आकारका आकर्षक र गुणस्तरीय र बढी उत्पादन दिने क्षमताका हुन्छन् । नास्पातीमा केन्द्रीय खुल्ला प्रणाली र मोडिफाइड सेन्ट्रल लिडर सिष्टमबाट तालिम तथा काँटछाँट गरेको पाइन्छ । शुरुका ४ वर्षसम्म बिरुवाको आकार मिलाउने तरीकाले बिरुवाको तालिम र काँटछाँट गरिन्छ भने ४ वर्षपछि ठूला बिरुवालाई फूल उत्पादनको हिसाबले काँटछाँट गर्ने गरिन्छ ।

    ११. गुणस्तरीय फल उत्पादन गर्न फल छाँट्न अनिवार्य हुन्छ । पहिलो पटक फल लागेको १ महिना पछि करीब गुच्छा आकारका हुँदा फल छाँट्नु पर्दछ । दोस्रो पटक जेष्ठको पहिलो सातातिर साना र काम नलाग्ने खालका फल छाट्नु पर्दछ । एउटा झुप्पामा १–२ वटा मात्र फल लाग्न दिनु पर्दछ ।

    १२. नास्पातीमा विशेषतः कत्ले कीरा, चिप्ले कीरा, लाही, फल कुहाउने औंसा, खपटे, गवारो, थ्रिप्स, सुलसुले जस्ता कीराहरू लाग्दछन् । यिनीहरूमध्ये कत्ले, चिप्ले र फल कुहाउने औंसा कीराले बढी क्षति पु¥याएको हुन्छ । सुषुप्तावस्थामा रहेका नास्पातीका बोटहरूमा प्रसस्त मात्रामा खरानी रङ्गका सेता खस्रा थोप्लाहरू कलिला मूना, पात तथा रुखको बोक्रामा बसी रस चुसी रहेका हुन्छन् । कमजोर बिरुवाहरूमा यी कीराहरुको आक्रमण बढी देखिन्छ ।

    १३.यी कीराहरूलाई रोकथाम गर्नको लागि सर्वप्रथमतः बगैंचालाई सफा सुग्घर राख्ने, सुषुप्तावस्थामा २५ खनिज तेलको प्रयोग गर्ने र अझ राम्रो रोकथाम हुन सकेन भने सुमिसिडिन जस्ता विषादी १ एम.एल. प्रति लिटर पानीमा मिसाएर स्पे्र गर्नु पर्दछ ।

    १४. यस कीराका लार्भाहरू चिप्ले कीरा जस्तै थलथल परेका हुन्छन् । लार्भाहरूले नास्पातीको पातमा आक्रमण गरी पातहरु खाई दिन्छन् जसले गर्दा बिरुवाहरू नाङ्गै देखिन्छन् । यी लार्भाहरू हरिया, पहेंला र अन्य रङ्गका पनि हुन्छन् ।

    १५. बिरुवामा देखिएका लार्भा प्यूपाहरू हातले टिपेर गाडेर वा जलाएर नष्ट गर्न सकिन्छ । बढी आक्रमण भएको छ भने सुमिसिडिन नामक विषादी १ एम. एल. प्रति लिटर पानीमा असार लागेदेखि नै बिरुवामा छर्नु पर्दछ ।

    १६. यस कीराको पोथी झिङ्गाले उसको फुल पार्ने तिखो अङ्गले फलको भित्री भागमा फुल पारिदिन्छन् । ती फूलहरूबाट केही दिनमा औंसाहरू निस्कन्छन् र फलको भित्री भाग खान थाल्दछन् फलस्वरुप फल कुहिएर झर्दछन् ।

    १७. जेठ महिनाको अन्ततिर प्रत्येक फललाई कागजको  थैलाले वा जालले छोप्नु पर्दछ । अगौटे जातहरूमा भन्दा पछौटे जातहरुमा बढी नोक्सानी पु¥याउँदछन् ।

    १८. नास्पातीमा पातमा लाग्ने थोप्ले रोग, गुलावीरपिंक रोग मुख्य हुन् । यिनीहरूमध्ये थोप्ले र गुलाबी रोगले बढी नोक्सानी गर्दछ ।

    १९.पहिले पातमा साना–साना खैरा रङ्गका थोप्लाहरु असार महिनाको शुरुतिर देखा पर्दछन् । यी थोप्ला भएका पातहरु छिटै झर्दछन् जस्ले गर्दा बिरुवाहरू वेमौषममा फुल्न थाल्दछन् । यो रोग फलमा भने लागेको पाइएको छैन ।

    २०. हिउँदको समयमा बिरुवाको फेदमा झरेका रोगी पातहरू जम्मा गरेर जलाई दिनु पर्दछ र जेष्ठ देखि असारको अन्तसम्म इन्डोफिल एम–४५ नामक रोग नाशक विषादी १.५ ग्राम प्रति लिटर पानीमा घोलेर छर्नाले रोग नियन्त्रणमा आउँदछ ।

    २१. शुरुमा रोग लागेको ठाउँमा माकुराको जालो जस्तो ढूसीको जालो देखा पर्दछ । यी ढुसीहरू क्रमशः बिरुवाको हाँगामा बढ्दै जान्छन् र गुलाबी दाग देखिन्छन् । रोग फैलिदै जादा पातहरू पहेंलिन्छन् र बिरुवा ओइलाउँछ । रोगी बिरुवाको बोक्रा खस्रो र चिरिएको हुन्छ ।

    naspatiaa.jpg

    २२. बोटमा गुलाबी धब्बा देखिएको भागलाई चक्कुले काटेर हटाउने र त्यसमा बोडोपेष्ट लगाउनु पर्दछ । फूल फूल्नु अगााडी देखि वर्षातको मध्यसम्म इन्डोफिल एम–४५ नामक विषादी १.५ ग्रामरलिटर पानीमा मिसाई पटक–पटक छर्नु पर्दछ ।

    २३. नास्पातीका फलहरु परिपक्व भएपछि हरियो रङ्गबाट पहेंलो–रातो किसिमको छुटै रङ्गमा बदलिन्छ र फलमा रस चडी पोटिला देखिन्छन् । यस्तो अवस्थामा मौरी, चरा आदिले बढी आक्रमण गर्दछन् ।

    २४. काँटछाँट गरिएका जापानीज जातका नास्पातीहरू भूर्इँबाटै टिप्न सकिन्छ तर अग्ला बोट छन् भने भ¥याङ्गको सहायता लिनु पर्ने हुन्छ । फल टिप्ने बेलामा फललाई नतानीकन फल माथि उठाएमा सजिलै टिप्न सकिन्छ । फल टिपी सकेपछि भेट्नो कैचीले काट्ने घाउ लागेको आकार नमिलेको फल हटाई राम्रा फलहरु फोम जस्ता नरम वस्तुमा राख्नु पर्दछ ।

    २५. नेपालमा प्रायः फल टिपी सकेपछि चिस्याउने चलन छैन तर चिस्याउदा बाहिर खेतवारी भएको तापक्रम कम भई गुणस्तर विग्रन र तोल घट्न पाउदैन ।

    २६. फलहरु टिपीसकेपछि फलको भेट्ना र पातहरू हटाउने रोग कीरा, चोटपटक लागेका असमान आकार भएका फलहरु हटाउनु पर्दट र राम्रा फलहरु मध्ये ए र बी समूहमा बाँडी ए समूहकालाई थोक बजारमा र बी समूहकालाई स्थानीय बजारमा विक्री गर्नु पर्दछ ।

    २७. हाल पनि नास्पातीका फलहरू टोकरी, थुन्से, डोको, बोरा आदिमा प्याकिङ्ग गर्दा फललाई सुरक्षित राख्न सकिन्छ ।

    २८. साधारण कोठाहरूमा नास्पाती राख्यौं भने ३–४ दिन भित्रै बिग्रन शुरु हुन्छ । अतः भण्डारण गर्ने कोठाको तापक्रम ६–८० से. र आद्र्रता ८०–८५५ कायम गरी भण्डारण गर्दा ३०–४५ दिनसम्म भण्डारण गर्न सकिन्छ । 

    २९. जापानीज जातका ८–१० वर्ष उमेरका प्रति बोटमा सदर २०० दानाको ८०–१०० के.जी. उत्पादन भएको रेकर्ड छ ।

    ३०. नास्पाती धेरै रोग रोकथामका लागि बरदान 
    नास्पाती गर्र्मीको समयमा फल्ने एक यस्तो फल हो जुन स्वाद र सन्तुष्टिका साथ साथै स्वास्थ्यका लागि समेत फाइदा जनक रहेको छ । यसमा रहेको भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मद्दत गर्दछ । यति मात्र नभई नासपातीको प्रयोग ब्युटी प्रोडक्टमा समेत गर्ने गरिन्छ । 

    नास्पाती खानुको फाइदाहरू

    क) कोलेस्टोरेल नियन्त्रण ः नास्पातीमा फाइबरको मात्रा प्रशस्त पाइन्छ जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धि समस्याबाट बचाउँछ । यसका अलावा यसले अथेरोस्क्लेरोसिस, हृदयघात र पक्षघात जस्ता समस्या हुने सम्भावना समेत कम हुन्छ ।

    ख) क्यान्सर ः नास्पातीमा पाइने एन्टी कैसरोजेनिक गुण क्यान्सर रोकथाम गर्नमा मद्दत गर्दछ साथै यसमा अन्य फलको तुलनामा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ ।

    ग) तौल घटाउनका लागि ः नास्पातीमा पाइने फाइबर तत्वले यसको सेवनले भोक कम लाग्ने भएकाले र शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्दछ ।

    घ) शरीरमा रगतको मात्रा बढाउन ः नास्पातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मद्दत गर्छ । एनेमिया जस्ता रोगका शिकार भएकाहरूका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ ।

    ङ) हाडजोर्नी मजबुत बनाउन ः नास्पातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पर्न सहयोग गर्छ । साथै हरेक दिन नासपाती खानाले मांसपेशी सम्बन्धी बिभिन्न समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।

    च) मधुमेहको लागि ः मधुमेह रोगीलाई गुलियो बस्तुहरूको सेवन गर्नमा रोक लगाइएको हुन्छ तर पनि नास्पाती खानमा गुलियो हुनका साथै यसले मधुमेह रोगीलाई कुनै असर नगर्ने बताइएको छ ।

    छ) रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हरेक दिन नास्पातीको सेवन गर्नाले प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउनुका साथै विभिन्न ब्याक्टेरियल तथा इन्फेक्शनल संक्रमणबाट छुटकारा दिलाउँछ । यसका अलावा नास्पातीको सेवनले पाचन प्रक्रिया समेत मजबुत बनाउछ ।
    साभार ः सुरेन्द्र फलफूल नर्सरी तथा बागवाी फार्म कटहरिया नगरपालिका –३ रौतहट 
    कृषि ज्ञान पत्रिकाबाट लिइएको (प्राविधिक अजय कुमार रौनियार)

     

    साताको लोकप्रीय