यस्तो बन्यो रूपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने'को टिजर 

यस्तो बन्यो रूपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने'को टिजर 

अर्थ डबली
बुधवार, असोज १३ २०७८
अर्थ डबली
बुधवार, असोज १३ २०७८ (अर्काइभ बाट)
  • यस्तो बन्यो रूपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने'को टिजर 

    काठमाडौँ / रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको चलचित्र ‘रुदाने’को टिजर सार्वजनिक भएको छ । 

    images
    images

    निर्माण युनिटले आज सोमबार ओएसआर डिजिटलमार्फत विद्रोही दार्शनिक तथा राजनीतिज्ञ विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’को टिजर सार्वजनिक गरेको हो । 

    सन् २०२२ को मध्यसम्ममा फिल्म रिलिज गर्ने निर्माण युनिटको तयारी छ । चलचित्रमा अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन रहेको छ । 

    प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी, सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेको उक्त चलचित्र दावानल क्रियसनले निर्माण गरेको हो । 

    फिल्ममा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देब रहेका छन् भने नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, आलोक थामी, नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल, आइ. पि आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    साताको लोकप्रीय