विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित

विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित

अर्थ डबली
बिहिवार, असोज १४ २०७८
अर्थ डबली
बिहिवार, असोज १४ २०७८ (अर्काइभ बाट)
  • विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित

    काठमाडौँ / विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाल सम्मानित भएको छ । कोभिड–१९ रोकथामका लागि पु-याएको अतुलनीय योगदानलाई कदर गर्दै सरकारले विश्व पर्यटन दिवसका अवसरमा होटल संघ नेपाललाई सम्मानपत्र प्रदान गरेको हो । 

    images
    images

    कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण अति प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको समयमा, पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेसन सञ्चालन गर्ने तथा अन्य कोभिड नियन्त्रणसम्बन्धी कार्य गरेको थियो । 

    एक कार्यक्रमबीच उक्त सम्पानपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले होटल संघ नेपालका महासचिव साजन शाक्यलाई प्रदान गरेका हुन् । 

    उक्त अवसरमा महासचिव शाक्यले आउँदा दिनहरूमा पनि राज्यलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

    साताको लोकप्रीय