स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? 

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? 

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ? 

    काठमाडौँ / स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको ५९ औँ बैठकले लाभांश प्रस्ताव गरेको हो । 

    images
    images

    संस्थाले आर्थिक बर्ष २०७७/०७८ सम्मको मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँको कुल ३४ प्रतिशत लाभांश दिने भएको हो । 

    संस्थाले जारी गरेको सूचनाअनुसार बोनश शेयर ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १५० रपैयाँ र कर प्रयोजनार्थ १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंक र बार्षिक साधारणसभाबाट पारित भएपश्चात लागू हुनेछ । 

    साताको लोकप्रीय