सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर तथा नगद लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर तथा नगद लाभांश घोषणा

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर तथा नगद लाभांश घोषणा

    काठमाडौँ / सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ ।

    images
    images

    बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको २७७ औं बैठकले बैंकका शेयरधनीहरूलाई आ.व. ०७७/०७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । 

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भए पश्चात बैंकको १७ औँ साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । 

    Sangrila.JPG

    साताको लोकप्रीय