महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न

महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न

    महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिरहेको ‘महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न भएको छ । 

    images
    images

    बीमा जागरण राष्ट्रिय अभियानको रूपमा युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । 

    बुधबार बिहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरूलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरूलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

    त्यस्तै, असोज १९ मंगलबार कम्पनीले गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम गरेको थिाये ।  

    साताको लोकप्रीय