हिमालयन बैंकले तीन बर्ष यताकै धेरै लाभांश दिने, नगद र बोनस कति ?

हिमालयन बैंकले तीन बर्ष यताकै धेरै लाभांश दिने, नगद र बोनस कति ?

अर्थ डबली
शुक्रवार, असोज २२ २०७८
अर्थ डबली
शुक्रवार, असोज २२ २०७८ (अर्काइभ बाट)
  • हिमालयन बैंकले तीन बर्ष यताकै धेरै लाभांश दिने, नगद र बोनस कति ?

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले पछिल्लो तीन बर्ष यताकै सबैभन्दा बढी मुनाफा घोषणा गरेको छ । बैंकको यही असोज २० गते बसेको सञ्चालक समितिको ४१२ औं बैठकले तीन बर्ष यताकै बढी २६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

    images
    images

    बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्तापूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने भएको हो । 

    आर्थिक बर्ष २०७३/७४ मा बैंकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको बैंकले नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, २०७४/०७५मा बैंकले ५ प्रतिशत बोनस र १०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक बर्ष २०७५/०७६ मा १० प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी कुल २२ लाभांश वितरण गरेको थियो । 

    अघिल्लो आर्थिक बर्ष २०७६/७७ मा भने बैंकले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । 

    सञ्चालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।

    साताको लोकप्रीय