अमिताभ बच्चनले दिए आफ्नो घर बैंकलाई भाडामा, कति असुल्छन् भाडा ?

अमिताभ बच्चनले दिए आफ्नो घर बैंकलाई भाडामा, कति असुल्छन् भाडा ?

अर्थ डबली
शनिवार, असोज २३ २०७८
अर्थ डबली
शनिवार, असोज २३ २०७८ (अर्काइभ बाट)
  • अमिताभ बच्चनले दिए आफ्नो घर बैंकलाई भाडामा, कति असुल्छन् भाडा ?

    अमिताभ बच्चन र अभिषेक बच्चनले जुहूमा रहेको आफ्नो सम्पत्ति भाडामा दिएका छन्, जहाँबाट उनीहरुले लाखौं रुपैयाँ लिन्छन् । 

    images
    images

     बच्चन परिवारले आफ्नो जुहू बंगला अम्मु र वट्सको ग्राउन्ड फ्लोर भारतीय स्टेट बैंकलाई भाडामा दिएका हुन्। 

    १५ बर्षका लागि भाडामा दिएको सो घरबाट अमिताभ र अभिषेक बच्चनले  धेरै पैसा लिनसक्ने बताइएको छ । 

    रियल इस्टेट एनालिटिक्स र रिसर्च कम्पनी श्बउपभथ।अयm ले बच्चन परिवार र स्टेट बैंकको बीच १५ बर्षको सम्झौता गरेको दस्तावेज भेटिएको दावी गरेको छ । जसमा भनिएको छ कि अभिनेताले हाल बैंकबाट प्रति महिना १.८.९ लाख भारतीय रुपैयाँ भाडा लिने गर्छन । 

    रिपोर्टमा यो पनि भनिएको छ कि यसको भाडा ५ बर्ष पछि बढ्ने छ, जसपछि उनीहरूलाई आगामी पाँचबर्षको लागि प्रत्येक महिना २३६ लाख भारतीय रुपैयाँ प्राप्त हुनेछ ।

    र १० बर्षपछि, बच्चन परिवारले अर्को पाँच बर्षको लागि २९.५ लाख रुपैयाँ प्रति महिना भाडा प्राप्त गर्नेछन् । 

    स्रोतका अनुसार, अभिनेताले सो बैंकसँग २८ सेप्टेम्बर २०२१ मा  यो सम्झौता गरेका छन्। 

    अमिताभका यी दुबै बंगलाहरु ‘जलसा’को अगाडि छन्, जहाँ उनको परिवार बसिरहेका छन । 

    सो सम्झौताअनुसार, जुन सम्पत्ति भाडामा दिइएको छ त्यसको क्षेत्रफल करिब ३,१५० स्क्वायर फिटमा फैलिएको छ । 

    उक्त सम्झौताबमोजिम एक बर्षको लागि जति रकम बच्चन परिवारलाई दिइएको छ सो रकम २.२६ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । 

    यद्यपि, सम्झौतालाई लिएर एसबिआई बैंक र अमिताभ वा अभिषेक बच्चन कसैले पनि कुनै प्रतिकृया दिएका छन् । यो भनिएको छ कि पहिले यो स्थान सिटीबैंकलाई दिइएको थियो।

    साताको लोकप्रीय