एन आई सी एशिया बैंकका सञ्चालक संघई एफएनसिसिआईको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित 

एन आई सी एशिया बैंकका सञ्चालक संघई एफएनसिसिआईको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित 

अर्थ डबली
आइतवार, मंसिर १४ २०७७
अर्थ डबली
आइतवार, मंसिर १४ २०७७ (अर्काइभ बाट)
  • एन आई सी एशिया बैंकका सञ्चालक संघई एफएनसिसिआईको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित 

    काठमाडौँ / एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई  नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा  निर्वाचित भएका छन् । 

    images
    images

    सो अवसरमा बैंकले एक विज्ञप्ति जारी गर्दै नवनिवार्चित उपाध्यक्ष संघईलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामन समेत व्यक्त गरेको छ । 

    विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा समे उनको योगदान रहेको बैंकको भनाई छ । 

    उपाध्यक्ष संघर्य त्रिवेणी ग्रुपको निर्देशक हुन् । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित समेत गरेको थियो । 

    साताको लोकप्रीय