शिवम् सिमेन्टको लाभांश रकम ४.७९ प्रतिशतले बढ्यो

शिवम् सिमेन्टको लाभांश रकम ४.७९ प्रतिशतले बढ्यो

अर्थ डबली
आइतवार, असोज २४ २०७८
अर्थ डबली
आइतवार, असोज २४ २०७८ (अर्काइभ बाट)
  • शिवम् सिमेन्टको लाभांश रकम ४.७९ प्रतिशतले बढ्यो

    काठमाडौँ / शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८ को नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्ष २०७६/०७७ को तुलनामा गत आ.वमा ४.७९ प्रतिशतबढी लाभांश रकम दिने भएको हो । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको यही असोज २२ गते शुक्रबार बसेको ९२ औंँ बैठकले चुक्ता पूँजीको २९ प्रतिशतका दरले एक खर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

    कम्पनीले आर्थिक बर्ष ०७६/०७७ मा २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आर्थिक बर्षमा भने लाभांश रकममा बृद्धि गरेको हो । 

    लाभांशमा लाग्ने कर प्रस्तावित लाभांशबाटै काटिने पनि कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुन कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय