मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइन गर्न सक्ने

मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइन गर्न सक्ने

अर्थ डबली
बिहिवार, बैशाख २ २०७८
अर्थ डबली
बिहिवार, बैशाख २ २०७८ (अर्काइभ बाट)
  • मेटलाइफ नेपालका ग्राहकले अब बीमा दाबी अनलाइन गर्न सक्ने

    काठमाडौँ / मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ m जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दावीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्नेछन् । 

    images
    images

    यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरु प्राप्त हुनासाथ मेटलाइफको दावी टोलीले तुरून्त दावी प्रक्रिया शुरु गर्नेछ । 

    अनलाइन बीमा दरखास्त, प्रिमियम भुक्तानी र केवाइसी अपडेटका साथैे नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिनेछ । 

    कम्पनीले यस सेवालाई ग्राहकहरुमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश मानेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्छन्, “हामी बुझ्छौं कि बीमा दावी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमा दावी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौं ।

    ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरुका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधार तर्फ अग्रसर रहिरहनेछौं जसबाट वहाँहरुले हाम्रा कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ ।”

    साताको लोकप्रीय