काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।
हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन २६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू(भागको एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू(भागका वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
२०७८ आश्विन २७ गते (बुधबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ आश्विन २८ गते (विहीबार)
दिउँसो : देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।