Logo
बिहिवार, कार्तिक ४ गते २०७८
images
कार्तिक ४ गते २०७८
images
images

लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रा, कहाँबाट पुगिन्छ गोसाइँकुण्ड ? 


२०७८ आश्विन, २९ शुक्रवार
  • 334
    SHARES

  • लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रा, कहाँबाट पुगिन्छ गोसाइँकुण्ड ? 

    रसुवा /  काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् ।

    images

    लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरू भएको हो ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल विकास क्षेत्रको नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३२ मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजीकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।

    उनले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिए । 

    पर्यटकको आगमन हुन थालेपश्चात भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् ।

    पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् । गोसाइँकुण्ड क्षेत्रमा १७ र लाङ्टाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदलमार्गमा खान–बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पस्ट पारेका छन् । 

    दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् ।

    पदयात्राका क्रममा अवलोकनका लागि लाङ्टाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् । 

    यसैगरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाइँकुण्ड शिवजी बिराजमान रहनुभएको पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

    पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भञ्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ ।  कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरु उत्साहित हुन थालेको होटल व्यवसायीले जनाएका छन् ।
    कसरी पुग्ने गोसाइँकुण्ड ? 
    सुन्दरीजलबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ ।  धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। 

    सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो पार गर्नुपर्छ, अनि आउँछ, तामाङ वस्ती, मूलखर्क। गुराँस र दियार सल्लाका वनमा वैशाख-जेठमा गुराँससँग प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ। यो भञ्ज्याङ काटेर अझै उकालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ।

    दोस्रो दिनको यात्रा गेग्य्रानको बाटोबाट शुरु हुन्छ, । यो बाटोमा जुका धेरै लाग्ने गर्दछ । यहाँबाट उत्तर(पूर्वबाट आउने(जाने मुख्य मार्ग(पाटीभन्ज्याङ भेटिन्छ । े

    यहाँबाट ठाडै उकालो हिँडेपछि साँझ् बास बस्न कुटुम्साङ पुगिन्छ। कुटुम्साङबाट हिँडेको दिन लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरिन्छ र साँझ् थारेपाटी पुगिन्छ।

    यहाँबाट पूर्वतिर लागे मिर्चौले खोला हुँदै हेलम्बू पुगिन्छ तर गोसाइँकुण्ड जान उत्तर(पश्चिमको बाटो लाग्नुपर्दछ । यो बाटोमा कलेका नीला फूल फक्रिइरहेका हुन्छन्।  तामाङहरूको वस्ती गोल्फू छेपार हुँदै त्यसपछि गोलभन्ज्याङ पुगिन्छ । 

    कुनैबेला यहाँका हिमालकन्याहरू दरबार पस्ने निहुँमा राणाहरूका महलमा पुर्‍याइन्थे भनिन्छ ।  पैदलयात्रीलाई भने यहाँबाट लेक लाग्न सक्छ। त्यसपछि पाटीभन्ज्याङ हुँदै थारेपाटी चौथो रातको बास बस्न पुगिन्छ। 

    बाँदर लड्ने भीर काटेपछि स्याउको गाउँ तार्केघ्याङ पुगिन्छ । त्यहाँ कुनैबेला भोटसितको युद्धका बेला जङ्गबहादुरका भाइ धीर शमशेरको नेतृत्वको फौजको यहाँ किल्ला थियो। 

    त्यसपछि ठाडेपाटी हुँदै उत्तरको ओरालो झर्नुपर्छ र तेर्सो हिँडेपछि शुरु हुन्छ उकालो शुरु हुन्छ । लौरी विनाको उकालोमा यात्रीहरूले टेकेर आएको लौरो ढुङ्गाको थुप्रो बीचमा रहेका गणेशलाई चढाउनुपर्छ भन्ने मान्यता छ । भनिन्छ, लिएरै जानेसँग गणेश रिसाउँछन्।

    पाँचौं दिनमा पुगिन्छ, गोसाइँकुण्ड क्षेत्रको पहिलो कुण्ड, ‘सूर्यकुण्ड’ । यहाँबाट केही तल झरेपछि आइपुग्छ, “गोसाइँकुण्ड’ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ। गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । 

    गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमीनमा गाडेको त्रिशूलबाट तीनवटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ। गोसाइँकुण्डमा सबैभन्दा ठूलो मेला जनैपूर्णिमामा लाग्छ।

    गोसाइँकुण्ड स्नान गरेर तल र्झ्दै गर्दा भैरवरनाग कुण्ड देखिन्छ। गोसाइँकुण्डबाट झ्रेकी त्रिशूली नदीको छङ्छङ् आवाजसँगै सानो स्याब्रुतिर झ्रिन्छ। वैशाख-जेठमा जाँदा चोल्याङ र तेन्जे डाँडाको काखैकाख हिँड्दा सेतो गुराँसका फूलहरू देखिन्छ। 

    लाङटाङ राष्ट्रिय निकुञ्जको मज्जा पनि लिन सकिन्छ। अनि पाँचौं दिन चन्दनबारी घ्याङलाई बिदाइ गरेर धुन्चे पुगिन्छ। धुञ्चेबाट उत्तरतिर लागे तातोपानी पुगिन्छ। कात्तिकमा मेला लाग्ने यहाँको तातोपानीमा नुहाए वाथ र कुष्ठरोग निको हुने विश्वास गरिन्छ। तर यहाँसम्म पुग्नका लागि थप तीन दिन लाग्छ। 

    चिलिमे जलविद्युत् आयोजना बाटैमा पर्छ। धुञ्चेबाट गाडी र वेत्रावतीतिरको पैदल यात्रा दुई विकल्प छन्। 

    राससको सहयोगमा 

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images