सन् २०२० र ओपोको प्राविधिक विकास, मेरुदण्डका रुपमा मानवतावाद

सन् २०२० र ओपोको प्राविधिक विकास, मेरुदण्डका रुपमा मानवतावाद

अर्थ डबली
आइतवार, मंसिर २१ २०७७
अर्थ डबली
आइतवार, मंसिर २१ २०७७ (अर्काइभ बाट)
  • सन् २०२० र ओपोको प्राविधिक विकास, मेरुदण्डका रुपमा मानवतावाद

    बर्षको सुरुवातमै कोभिड १९को प्रकोपले सबैका लागि चुनौति र संघर्षको अवस्था सिर्जना गर्यो । कठिन समयका बावजुत अपबादका रुपमा रहेको यो समयमा पनि  ओपोले आफ्ना प्रयोगकर्ताका लागि अत्याधुनिक प्रविधि र उत्पादनको निर्माणलाई निरन्तरता दिइनै रह्यो ।

    images
    images

    यस बर्ष ओपोले मानवतावादका लागि स्पष्ट आवाजको उत्थान गरेको छ । ब्यवसायिक नवप्रबर्तनको मुल उद्देश्य जनताप्रति समर्पित हुनुपर्ने कम्पनीको बुझाइ छ । 

    यसका लागि ओपो निरन्तर गुणात्मक नवप्रबर्तनका लागि प्रेरित हुने गरेको छ । यही उद्देश्य पछ्याउँदै उपभोक्ताका आवश्यकताको पूर्ति गर्दै जीवनको उत्कृष्ट अनुभुति दिन ओपोले निरन्तररुपमा अग्रगामी प्रविधि पस्किँदै आएको छ ।

    स्टे होम, स्टे स्मार्ट
    विश्वभर कोरोना भाइरसको महमारीका कारण मानिसहरु घरभित्रै सिमित रहनुपर्ने दुर्भाग्यपूर्ण अवस्था थियो । 
    तनावपूर्ण अवस्थामा पनि जीवनमा खुशीयाली ल्याउने सानासाना कुरा मार्फत हामी हाम्रो मुडमा सुधार ल्याउन सक्छौँ । ओपोको यूडब्ल्यूबी स्पासियल अवेरनेस प्रविधि त्यस्तै साना कुरा मध्य एक हो ।
     
     
    घरमै बसिरहेको अवस्थामा ओपोको यूडब्ल्यूबी स्पाशियल अवेरनेस प्रविधिले आफ्ना आईओटी उपकरणहरु मार्फत जीवनमा सहजता ल्याउन सघाउँछ । 

    यसको माध्यमबाट मोबाइलफोन मार्फत उपभोक्ताले स्मार्ट उपकरणहरुमा सहज नियन्त्रण पाउन सक्छन् ।

    उदाहरणका लागि टीभीमा देखाएकै भरमा सहजै स्क्रिन कास्टिङ गर्न, बत्ती, ब्ल्यूटूथ लगायत घरमा रहेका अन्य उपकरणहरु हल्का जेस्चरकै भरमा नियन्त्रण गर्न सकिन्छ । यिनका माध्यमबाट घरमै रहेको अवस्थामा पनि आफ्नो ध्यान एकाग्रगरी काममा केन्द्रित हुन सकिन्छ ।

    7.jpg

    भर्चुअल र भौतिक विश्वको अभिसरण
    बिदाको योजना बनाउँदा साथी तथा परिवारका साथमा सानो जमघट तथा भेला गरी रमाउने चाहना सबैको हुन्छ । 
    यस्तोमा यदी तपाईको दिशा सम्बन्धि ज्ञान राम्रो नभएमा ओपोको नयाँ नेभिगेशन प्रणाली तपाईँका लागि उपयोगी हुन सक्छ ।

    नयाँ आरटीके पोजिशनिङ अल्गोरिथमले ओपो स्मार्टफोनमा अवस्थितीका बारेमा जानकारीका लागि १ मिटरभन्दा न्यून एक्यूरेसीका साथमा उच्च सटिकता प्रदान गर्छ । 

    यसले दूई मेजरिङ स्टेशन्सका विचमा रहेको डाटा मापन गरी सटिक अवस्थिती प्रदान गर्न प्रयोग गर्छ । तर, यो सुरुवात मात्र हो, भौतिक जगतमा नहराउनु मात्र पर्याप्त हैन । ओपोले यस क्षेत्रमा अझ रोचक ओपो साइबरियल पनि प्रस्तुत गरेको छ ।

    सुपर एआर एपका रुपमा सटिक अवस्थिती सेवा उपलब्ध गराउने, ओपो साइबरियलमा जीपीएस, वाईफाई र ब्ल्यूटूथ जस्ता मोबाइल उपकरण मार्फत उपलब्ध हुने डाटापनि जडान गरिएको छ । 

    साथै, एसएलएएम र एआई सिन अल्गोरिथमले मिलिसेकेण्ड्समै लोकलाइजेशन सेवा उपलब्ध गराउँछ जसले सेन्टिमिटरसम्म सटिकता प्रदान गर्छ । 

    आउटडोर नेभिकेशनका साथै सपिङमल्स लगायत घुमिरहँदा प्रयोगकर्ताले प्रदर्शनीमा राखिएका उत्पादनका साथै भर्चुअल ईन्टरटेनमेन्टको मज्जा पनि लिन सक्छन् । ओपो साइबरियलले प्रयोगकर्तालाई वास्वविक विश्वका पूणः निर्मित विवरण विस्तृतरुपमा प्रस्तुत गर्नुका साथै एआर संगको समन्वय मार्फत विस्तृत डिजिटल जानकारीपनि प्रस्तुत गर्छ ।

    मनपर्यो ? तस्विर खिच्नुस्

    जीवन्त तस्विर तथा भिडियोका साथ अमूल्य पलहरु सम्झनाका रुपमा कैद गर्न चाहनु हुन्छ ? त्यसो हो भने, ओपोको नेक्स्ट जेनरेशन हाइब्रिड जुम प्रविधि उपयुक्त हुनेछ ।

    ओपोले दैनिक जीवनमा बृहत्तरुपमा प्रयोग हुने ८५ एमएम र १३५ एमएम फोकल लेन्थमा विशेष सुधार प्रस्तुत गरेको छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा सटिक कलर रिप्रडक्शन र विस्तृत विवरणका साथ जीवन्त तस्विर लिन सक्नेछन् ।

    4.jpg

    साथै, कम्प्युटर भिजन र प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर) २०२०मा ओपोले आफ्नो एक्स्ट्रिम सुपर रिजोल्युशन प्रविधिका लागि २ ओटा प्रथम स्थान र दूई तृतिय स्थानका लागि अवार्ड हात पारेको छ । 

    यस प्रविधिले धमिला तस्विरलाई १६ गुणासम्म स्पष्ट बनाउन सघाउँछ । साथै, भिज्यूअल लोकलाइजेशन फिचरका माध्यमबाट तस्विर कुन ठाउँमा लिइएको हो भन्ने कुराको पहिचान गर्न तथा भिडियोमा मानव क्रियाकलापका बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ । 

    यी सबै प्राविधिक विकासका माध्यमबाट आफ्ना प्रिय मानिसहरुका साथमा तस्विर खिच्दा सहजताका साथै उत्कृष्टताको अनुभव समेत हुनेछ ।

    अझ तिब्र, अझ उत्कृष्ट
    उपर्युल्खित परिवेशहरु नियाल्दा आजको दैनिकी स्मार्टफोन विना अनुमान गर्न असम्भव प्राय देखिन्छ । 
    फोन चार्ज गर्ने कुरा सम्झिँदा प्लगइन गरी लामो समयसम्मका लागि यसबाट टाढा रहनुपर्ने बाध्यता धेरैको स्मृतिमा ताजै हुन सक्छ । 

    फ्ल्याश चार्ज प्रविधिको अग्रणीका रुपमा ओपोले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित, तिब्र र सुलभ अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गर्दै ब्याट्री सकिने समस्याबाट छुटकारा प्रदान गर्ने अठोट गरेको छ ।

    यस बर्ष ओपोले १२५वाट सुपर फ्ल्याश चार्ज र ६५वाट एयरभोक ताररहित फ्ल्याश चार्ज सोल्यूशन सार्वजनिक गरिसकेको छ । 
    त्यसैगरी, अल्ट्रा स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जर र ११०वाट मिनी फ्ल्याश चार्जरपनि सार्वजनिक गरेको छ । ओपोको १२५वाट फ्ल्याश चार्ज मार्फत मात्र ५ मिनेट चार्ज गरेको भरमा प्रयोगकर्ताले दिनभर निर्धक्क भई आफ्नो फोनको प्रयोग गर्न सक्छन् ।

    2.jpg

    त्यसैगरी, ओपो ईन्नो डे २०२०को कुरा गर्दा ओपोले “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड” नारालाई अघि सारेको थियो ।

    यस उद्देश्यका साथमा प्रयोगर्ताका लागि पूर्ण समर्पित हुँदै सबै कठिनाइको समाधान उपलब्ध गराउने सोच कम्पनीले लिएको छ । 

    सन् २०२० ओपोका लागि निकै अर्थपूर्ण रह्यो । भविष्यमा पनि थप रोचक नवप्रबर्तनहरुका साथमा आफ्ना विश्वभरका प्रयोगकर्तालाई अभूतपूर्व प्राविधिक अनुभव बाँड्नु ओपोको उद्देश्य रहेको छ ।

    साताको लोकप्रीय