ओपो एफ१७ प्रोलाई पृथक तथा लोकप्रिय बनाउने ३ विशेष फिचर्स, मूल्य कति ? 

ओपो एफ१७ प्रोलाई पृथक तथा लोकप्रिय बनाउने ३ विशेष फिचर्स, मूल्य कति ? 

अर्थ डबली
आइतवार, पुस ५ २०७७
अर्थ डबली
आइतवार, पुस ५ २०७७ (अर्काइभ बाट)
  • ओपो एफ१७ प्रोलाई पृथक तथा लोकप्रिय बनाउने ३ विशेष फिचर्स, मूल्य कति ? 

    काठमाडौँ / ओपोले केही समय अगाडी सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । 

    images
    images

    छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति प्रदान गर्दै आइरहेको छ । 

    उपभोक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त ? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

    १. स्लिक तथा प्रिमियम डिजाइन

    ७.४८एमएम अल्ट्रा स्लिक बडी डिजाइनका कारण ओपो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । 

    श्रेणीमै अग्रणी ७.४८एमएम अल्ट्रा थिन र १६४ ग्रामको अत्यधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग यसमा गरेको छ । 

    हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको, २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

    प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव पाउन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च(होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिशत स्क्रिन(टू(बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल(पञ्च होल्सको प्रयोग गरिएको छ ।

    फोनको लुक्स टे«ण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ१७ प्रोमा शाइनी म्याट रंगको प्रयोग गरिएको छ । यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स सहितको प्रिमियम फिलका साथै फिंगरप्रिन्ट रेजिस्टेन्टपनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ । 

    २. अत्याधुनिक क्यामेरा प्रविधि

    एफ१७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्सपनि उपलब्ध गराउँछ ।

    फोनको अग्र भागमा तस्विरमा बोके ईफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिंगको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ ।

    डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्विरका साथै, भिडियो तथा शटमा रहेका बहुसंख्यक ब्यक्तीका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ । यसमा उपलब्ध गरिएको सफ्टवेयर लेभल एआई प्रोसेशिंगले तस्विरमा रहेका ब्यक्तिको झुम्का तथा कपाल लगायत विवरणमा समेत स्पस्टता प्रदान गर्दै फाइनल फूटेजमा धमिलिनबाट जोगाउँछ ।

    यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदान गर्दै प्रयागकर्तालाई  शहरी स्ट्रिट स्टाईल फोटो वा ट्राभल फोटामा पृथकता पस्कँदै नयाँपन दर्साउने अवसर उपलब्ध गराउँछ ।

    एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआई मार्फत थप जीवन्तता प्रदान गर्छ ।

    यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्विर लिन सघाउँछ ।

    एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत ससाना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पूणः निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ ।

    त्यसैगरी, एआई ब्यूटीफिकेशन २.०ले प्राकृतिक स्किन टोनमा चमक प्रदान गर्दै महिलाहरुका टिका, आँखा लगायत तथा पूरुषका लागि आँखा, आँखिभौ, दाह्री(जुंगा लगायत विशेषता जोगाउन सघाउँछ ।

    कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट एचडीआर अल्गोरिथम र बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप मार्फत पोटे«टमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ ।

    बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

    यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लग खिच्न सघाउँछ ।

    यो फिचरले फ्रण्ट फेसिंग क्यामेरामा उपलब्ध गायरोस्कोप र ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोल्यूशनको प्रयोग मार्फत हिँड्दा हिँड्दै वा दौडदै गरेको अवस्थामा समेत थरकाई रहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ ।

    ३. ३०वाट भोक फ्ल्याश चार्ज ४.०

    ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ४ घण्टाको टक टाइम वा थप दूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पब्जी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

    यो चार्जिंग प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।

    यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १०० प्रतिशत चार्ज हुने ब्यवस्था मिलाउँछ । 

    यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५ प्रतिशत ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ । फलस्वरुप फोनका ब्याट्री अन्य सेटिङका तुलनामा लामो समयसम्म टिक्छ ।

    मूल्य 
    ओपो एफ१७ प्रो नेपालभर रु. ४३ हजार ९ सय ९०मा उपलब्ध छ । त्यसैगरी, ओपो एफ१७को मूल्य भने रु.३३ हजार ९ सय ९० निर्धारण गरिएको छ । 

     

    साताको लोकप्रीय