काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले दशैं क्यासब्याक योजना ल्याएकोे छ । बैंकले नेपालीहरूको महान चाड विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन तथा सुखद अवसरमा सुख, शान्ती र सम्बृद्धिको कामना सहित सम्पूर्ण ग्राहकहरूका निमित्त सो योजना ल्याएको हो ।
यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म ‘दशैं दक्षिणा’लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।