ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा 

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा 

अर्थ डबली
मंगलवार, कार्तिक २ २०७८
अर्थ डबली
मंगलवार, कार्तिक २ २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा 

    काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा यहि कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

    images
    images

    यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

    ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

    global Ime bank.JPG

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । 


    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

     

    साताको लोकप्रीय