बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित छन्, तत्काल राहत र क्षतिपूर्ति देउ – प्रचण्ड 

बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित छन्, तत्काल राहत र क्षतिपूर्ति देउ – प्रचण्ड 

अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८
अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८ (अर्काइभ बाट)
  • बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित छन्, तत्काल राहत र क्षतिपूर्ति देउ – प्रचण्ड 

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन् । 

    images
    images

    आज एक विज्ञप्ति जारी गर्दै उनले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह  गरेका छन्।
     
     धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ । 

    अध्यक्ष दाहालले बाढीपहिरामा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् ।
     
    पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरामा परी झण्डै ३० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् ।

    prachanda- primeminister.JPG
     
     अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  उनले बाढीपहिरामा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घका सुरक्षालगायत सबै सरकारी निकाय, स्थानीय स्वयम्सेवी, विभिन्न सङ्घसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तामा विशेष आग्रह गरेका छन् । 

    साताको लोकप्रीय