रूसमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

रूसमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८
अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८ (अर्काइभ बाट)
  • रूसमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा

    मस्को / रूसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भूक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ ।

    images
    images

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । 

    पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरु लागू गर्ने प्रस्तावको समर्थन गर्दछु ।”

    उनले आवश्यक परेको खण्डमा बिदाका दिनहरु विस्तार गर्न सकिने बताएका छन् । 

    साताको लोकप्रीय