प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ  - प्रचण्ड

प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ  - प्रचण्ड

अर्थ डबली
शनिवार, फागुन १ २०७७
अर्थ डबली
शनिवार, फागुन १ २०७७ (अर्काइभ बाट)
  • प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ  - प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । 

    images
    images

    जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । 

    उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो । ” 

    अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे । उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी  दिए ।

    janayudda.JPG

    बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र  जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए । 

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी० द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो ।

    तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ ।

     यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ । अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गर्नुभएको सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ ।

     

    prachanda - janayudda.JPG

    नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरबर्दिया नगरपालिकाले काठमाडौँमा शनिबार आयोजित बर्दिया जिल्ला : जनयुद्ध शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरूको जीवनगाथा पुस्तक विमोचन कार्यक्रममा जीवनगाथा पुस्तक विमोचन गर्दै । तस्वीर : रोशन सापकोटा/ रासस

    साताको लोकप्रीय