कुमारी बैंक साधारण सभा कार्तिक १६ गते, लाभांश वितरण प्रस्ताव पारित गर्ने 

कुमारी बैंक साधारण सभा कार्तिक १६ गते, लाभांश वितरण प्रस्ताव पारित गर्ने 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंक साधारण सभा कार्तिक १६ गते, लाभांश वितरण प्रस्ताव पारित गर्ने 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले कार्तिक १६ गते मंगलबार बिहान ११ः३० बजे केन्द्रिय कार्यालय नक्सालमा साधारण सभाको आयोजना गर्ने भएको छ । 

    images
    images

    कोभिड–१९ महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन (जुम)मार्फत सहभागी हुन सकिने भएको छ । 
    बैंकको २१ औँ साधारण सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वार्षिक आर्थिक विवरण पारित गर्नेछ । 

    बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व. २०७७/०७८ को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण पारित गर्नेछ भने बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत तोक्ने प्रस्ताव रहेको बताइएको छ । 

    त्यस्तै, सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनसहित चुक्ता पूँजीको २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । 

    Kumari.JPG

    Kumari1.JPG

    साताको लोकप्रीय