शेयर बजार : नेप्सेसँगै कारोबार रकममा गिरावट, यी चार ओटा बैंकको कारोबार रकम सर्वाधिक बढी 

शेयर बजार : नेप्सेसँगै कारोबार रकममा गिरावट, यी चार ओटा बैंकको कारोबार रकम सर्वाधिक बढी 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • शेयर बजार : नेप्सेसँगै कारोबार रकममा गिरावट, यी चार ओटा बैंकको कारोबार रकम सर्वाधिक बढी 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १४.७० अङ्को गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यो दिन ०.५७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ५५६.९६ बिन्दुमा झरेको छ । 

    images
    images

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यो दिन २१६ ओटा कम्पनीको ३६ हजार ७६२ पटकको व्यापारमा ६१ लाख ६ हजार ४५२ कित्ता शेयर खरिदबिक्री भएका छन् भने कारोबार रकम २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ । 

    त्यस्तै, सेन्सेटिभ परिसूचक ०.६५ अंकले घटेर ४८३.४० बिन्दुमा झरेको छ । यो दिन कारोबारमा आएका म्युचुअल फण्ड र अन्य समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । यी दुई समूहको परिसूचक क्रमशः १.३० प्रतिशत र म्यचुअल फण्डको ०.४४ प्रतिशतले बढेको छ ।

    बिहीबार व्यापारिक समूहको परिसूचक सर्वाधिक बढी २.१९ प्रतिशतले घटेको छ भने वित्त समूहको २.०९ प्रतिशत र विकास बैंकको परिसूच्क २.०३ प्रतिशतले घटेको छ । 

    यसैगरी हाइड्रोपावर समूहको परिसूचक १.७५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.७२ प्रतिशत, बैंकिङ उपसमूहको ०.३९ प्रतिशत, लगानी समूहको ०.४४ प्रतिशत, जीवन बीमाको ०.७३ प्रतिशत, लघुवित्तको ०.२९ प्रतिशत र निर्जीबन बीमा समूहको परिसूचक ०.२० प्रतिशतले घटेको छ ।

    घटेको बजारमा आज मेरो माइक्रो फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ । सो कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता एक हजार ६९५.१० रुपैयाँ पुगेको छ । 

    यता, जोशी हाइड्रो पावरका लगानीकर्ताहरूले सर्वाधिक बढी गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ भने गुडवील फाइनान्सको शेयरमूल्य पनि ५.०९ प्रतिशतले घटेको छ । 

    यो दिन सानिमा बैंक लिमिटेडको शेयर कारोबार रकम सर्वाधिक बढी देखिएको छ । उक्त कम्पनीको आजको कारोबार रकममा २७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको हिस्सा रहेको छ । 

    त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडको ११ करोड ५६ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको ९ करोड ६४ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    सिद्धार्थ बैंकको ८ करोड एक लाख २० हजार रुपैयाँ र युनाइटेड मोदी हाइड्रो पावरको ७ करोड ५४ लाख ५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

     

    साताको लोकप्रीय