इच्छाकामना गाउँपालिका : किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

इच्छाकामना गाउँपालिका : किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७
अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७ (अर्काइभ बाट)
  • इच्छाकामना गाउँपालिका : किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

    मुग्लिन / चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । 

    images
    images

    पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए ।

    ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ ।    

    उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन  गरिएको थियो ।  
      
    यसैबीच  वडाले १० जना किसानलाई जनही एक÷एक वटा  हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी  १० जना किसानलाई उक्त हजारी  निःशुल्क वितरण गरिएको हो । 

    साताको लोकप्रीय