लोकप्रिय ड्रागन फ्रुट किन उपयोगी छ ? व्यवसायिक खेती कसरी गर्ने ( भिडिओ रिपोर्ट) 

लोकप्रिय ड्रागन फ्रुट किन उपयोगी छ ? व्यवसायिक खेती कसरी गर्ने ( भिडिओ रिपोर्ट) 

अर्थ डबली
शुक्रवार, चैत ६ २०७७
अर्थ डबली
शुक्रवार, चैत ६ २०७७ (अर्काइभ बाट)
  • लोकप्रिय ड्रागन फ्रुट किन उपयोगी छ ? व्यवसायिक खेती कसरी गर्ने ( भिडिओ रिपोर्ट) 

    ड्रागन Cactaceae अर्थात सिउडी प्रजातिअन्तर्गत पर्ने फल हो । गर्मि र सुख्खा हावापानीमा हुने यो फलको वैज्ञानिक नाम Hylocereus Undatus हो । यो फल सामुन्द्रिक सतहबाट ३५ सय मिटरको रेन्जमा पाइन्छ ।

    images
    images

    दक्षिण अमेरिकाबाट उत्पत्ति भएको ड्रागन फल नेपाल भित्रिएको धेरै लामो समय भएको छैन तर यसको लोकप्रियता भने निकै बढेको छ । यो फल हेर्दा जति आकर्षक हुन्छ त्यति नै स्वादिष्ट पनि हुन्छ । 

    ड्रागन फ्रुट खेती गरेर कसरी कमाउन सकिन्छ लाखौं रुपैयाँ ? हेर्नुस् भिडिओ 

    यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदाँ यसलाई ड्रागन फल भनिएको हो । दक्षिण पूर्वी एशियाका देशहरू भियतनाम, थाइल्यान्ड, फिलिपिन्सलगायतका देश हुँदै यो फल नेपाल भित्रिएको हो । 

    ड्रागन फल रातो, पहेंलो, सेतो र गुलाबी रङ्गमा पाइन्छ । पहेंलोचाँही धेरै सेन्सेटिभ प्रजाती भएको हुनाले यो नेपालमा खासै पाइदैन । नेपालमा विशेषगरी रातो र सेतो प्रजातिको ड्रागन फल पाइन्छ । काठमाडौँमा प्रायः जसोले यो फल कौसीमा लगाउने गरेका छन् भने खेतबारीमा पनि लगाइएको पाइन्छ । 

    पछिल्लो समय नेपालमा व्यवसायिक रूपमा ड्रागन फलको खेती गर्नेको सङ्ख्यामा समेत बृद्धि भइरहेको छ । फूल फुलेको चार र पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । राती फुल्ने ड्रागन फलले रोपेको २ बर्षपछि फल दिन्छ । 

    ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

    स्वाद

    ड्रागन फल स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । यसमा धेरै मात्रामा क्याल्सियम मिनरल पाइन्छ । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यस फलको स्वाद गुलियो र अमिलो मिश्रित हुन्छ । फलको तौल २०० ग्राम ९१.२ के.जी हुन्छ । फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ ।

    यो फलबाट उच्चस्तरको आइसक्रिम, केक, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । 


    स्वास्थ्यका लागि अत्यन्त लाभदायी र पोषणयुक्त भएको कारण पछिल्लो समय सौखकै रूपमा ड्रागन फुडलाई लिने गरिन्छ । अत्यन्त थोरै संख्याले मात्रै यसलाई व्यवसायिक खेतीको रूपमा अघि बढाएका छन् भने नहुनेले कौसीमा वा करेबारीमा लगाएका पाइन्छ । व्यवसायका कुरा गर्ने हो भने जमिनको उपब्धता नहुनेहरूले गमलामा वा कौसीमा तथा करोशाबारीमा लगाउने गरेका पाइन्छ । 

    कहाँ पाइन्छ ? 
    ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ र यसको खेती दक्षीण मोहडा भएको प्रसस्त घाम लाग्ने र वार्षिक ५०/ १५० सेन्टिमिटर बर्षा र २०–३० से. तापक्रम हुने ठाउमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । यो डिर्जट फल अर्थात् मरुभूमीमा फल्ने फल भएको हुनाले ३५ सय देखी माथिको रेन्जमा लगाउदा राम्रो हुन्छ ।

    अत्याधिक चिसोमा र पानी जम्ने ठाँउमा यो राम्रो हुदैन । यो फल नेपालमा पाइन थालेको धेरै समय भएको छैन । 
    शुरूमा ७ सय देखी ९ सय रुपैयाँ प्रतिकेजीसम्म केजीसम्म बिक्री वितरण गरिएको यो फलको हालको मूल्य ५÷६ सय रुपैयाँ प्रतिकेजीसम्म पर्छ । यो फलको तौल २०० ग्राम देखि १ केजीसम्मको  हुन्छ ।

    कसरी लगाउने ? 

    पानी जम्ने माटोमा यसको बिरुवा हुर्किन नसक्ने भएकोले यसको लागि पानी नजम्ने ठाउँ छनोट गर्नुपर्दछ । बलौटे र दोमट माटोमा सजिलै यसको खेती गर्न सकिन्छ । यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । नेपालको सन्दर्भमा यो फललाई सिचाइ सुविधा भएको ठाउंमा तराइ,भित्रि मधेश, र मध्य पहाडमा खेती गर्न सकिन्छ ।

    माटोको पिएच ५–५ देखी ७ सम्म हुनु पर्नेछ । नदिले कटान गरेको ठाउँ र खोलाको बगरमा पनि खेती गर्न सकिन्छ । ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको एचपि र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । मरुभूमिमा फल्ने प्रजातिको विरूवा हो यो ।

    ड्रागन एक डिर्जट फल भएको कारण यसलाई खासै हेरचाह त गर्नुपर्दैन तर हावापानी, माटोको एचपि र पानीमा विशेषगरी ध्यान दिनुपर्ने हुन्छ । विरूवा लगाउनुभन्दा अगाडि शुरूमा माटोको परीक्षण गर्नुपर्ने हुन्छ । मरुभूमिमा फल्ने प्रजातिको विरुवा हो यो । 

    अरुको लहलहैमा लागेर लगानी गरेमा पछि उत्पादन नहुँदा लगानी डुब्ने जोखिम अत्याधिक भएको कारण ड्रागन खेती गर्नुअघि हावापानी, माटो र पानीको अवस्थाको जानकारी लिनु पर्दछ । ड्रागन अत्याधिक चिसोमा हुँदैन । यो रोपेको ठाउँमा पानी जम्न हुँदैन ।  

    एक रोपनी जग्गामा ३३०/ २५० वा ३०० को हाराहारीमा विरुवा लगाउन सकिन्छ । २.५ को मिटरमा यो विरुवा लगाउनु पर्ने हुन्छ । व्यवसायिक रूपमा ड्रागन फुटको खेती गर्दा यी कुराहरूलाई ध्यान दिनुपर्ने हुन्छ भने थोरै कौसीमा लगाउछु भन्नेहरूका लागि जसले लगाए पनि फरक पर्दैन । 

    जरा पलाइसकेको विरुवा चाडै फल्छ । रोप्ने सिजन फागुनदेखि चैत बैशाखसम्म हुन्छ । असार साउनदेखि यो संख्या अझै बृद्धि हुन्छ । 

    यसको सबैभन्दा बढी फल लिने समय भनेको १८ महिना हो । यो १२ देखि १८ महिनामा यसको फल्ने समयावधि हो । माटो परीक्षण, लगायतका विभिन्न काम सकेर मात्रै व्यवसायिक रूपमा समय दिनु रामो हुन्छ । यसको बाजर रामो छ । बजारमा जथाभावी यसको विरूवा पाइदैन । विश्व बजारमा यसको सम्भावना धेरै छ । 

    ड्रागन फलको विरूवा किन्दा मदर प्लान्ट हो कि हैन भन्ने कुरा पहिचान गर्नुपर्दछ । सिडबाट उमारेको विरुवा हो भने विरूवा उत्पादन गर्न ४ देखी ५ वर्ष लाग्छ । मदर प्लान्टबाट कटिङ गरेको विरूवा हो भने १२÷१५ महिनादेखी १८ महिनामा यसले फल दिन्छ । 

    नेपालमा पनि कटिङ गरेको विरूवाहरू पनि पाइन्छ तर हामीले भने भारतबाट ल्याउने गरेका छन् । बजार हेरेर विरुवाको मूल्य तय गरिन्छ । हरेक व्यवसायीहरूले आ–आफ्नो हिसावले मूल्य निर्धारण गर्नुहुन्छ भने मैले सर्वसुलभ रूपमा सबैतिर विरुवा पुगोस् भनेर १३० रुपैयाँ न्युनतम् मूल्य राखेको छु । धेरै माग भएको खण्डमा डेलभरी चार्ज पनि हामीले नै तिर्छौ । 

    नेपालको ३०/ ४० जिल्लाहरूमा ड्रागन फुडको विरुवा पु¥याइसकेको छु । जसमा एकजनाले ५ हजार पिससम्म लानुभएको छ । 

    ड्रागन फलको रूख भएकोले सपोर्टको आवश्यकता पर्दछ जसको लागि सिमेन्टको पिलर दिगो हुन्छ विकल्पको रूपमा/ काठ/बाँस/ फलामको खम्बा पनि प्रयोग गर्न सकिन्छ ।

    लगाएको १/ २ बर्षबाट फल्न शुरू भई निरन्तर २०/ २५ बर्षसम्म उत्पदन दिने भएकोले पिलर बनाउदा ४÷४ साइजको ८ फिट लामो २ वटा रड भएको बलियो किसिमको बनाउनु पर्छ ।

    फूल फुलेको ३० देखि ४५ दिनमा फल तयार हुन्छ । यो जेठदेखि असोज कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । 
    हुर्केको बोटबाट बार्षिक ३० देखी ५० किलोसम्म ड्रागन उत्पादन दिन्छ ।

    एक बोटदेखि अर्को बोटको दुरी २ह२ मिटर र पिलरदेखि पिलरको दुरी २.५ र २.५ मिटरको दुरी राख्नुपर्दछ ।
    १ हेक्टर जग्गामा २००० पिलर प्रतिपिलर ३ वटाको दरले ६००० र ४ वटाको दरले ८००० विरूवा आवश्यक पर्दछ । 

    विरुवाको न्युनतम् मूल्य १३० रुपैयाँ

    नेपालमा भएको विरूवा महङ्गो र सर्वसुलभ नहुने भएकोल सबै किसान तथा सर्वसाधारणको पहुँमा छैन । हामीले काठमाडौँ र काठमाडौँ बहिर पनि डेलिभरी गरेर यो व्यवसायसम्बन्धी सम्पूर्ण जानकारी दिने गरेका छौं । 

    हामीसँग सम्पूर्ण फलफूलदेखि, घरभित्र राख्नेदेखि घरवाहिर राख्ने हरेक प्रजातिका मूख्यगरी ड्रागन फुड, सुन्तला, मुन्तला, बाह्रमासे कागती, लिच्ची, अमलालगायतका विरुवाहरू पाइन्छ । हालसम्म करिब ५० हजारजतिको ड्रागन फुडको विरूवा बुकिङ भएको छ । लगभग ३० हजारजति पठाइसकेको छु भने अरु बाँकी छ । 

    बजार हेरेर विरुवाको मूल्य तय गरिन्छ । हरेक व्यवसायीहरूले आ–आफ्नो हिसावले मूल्य निर्धारण गर्नुहुन्छ भने मैले सर्वसुलभ रूपमा सबैतिर विरुवा पुगोस् भनेर १३० रुपैयाँ न्युनतम् मूल्य राखेको छु ।

    धेरै माग भएको खण्डमा डेलभरी चार्ज पनि हामीले नै तिर्छौ । यसबाट किसान दाजुभाइहरु सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ । 
    नेपालको ३०/ ४० जिल्लाहरूमा ड्रागन फुडको विरुवा पु¥याइसकेको छु । जसमा एकजनाले ५ हजार पिससम्म लानुभएको छ । 

    (नर्सरी क्षेत्रमा तीन दशक लामो अनुभव सङ्गालेका भक्तपुरका उद्यमी युवराज गिरीको भनाईमा आधारित उनको नर्सरीमा  ड्रागन फ्रुट्सका विरुवादेखि कागती अमलासम्मका विरुवाहरू पाइन्छ । आफ्नो बुवाले शुरु गरेको नर्सरीलाई अघि बढाएका  हुन् । पछिल्लो बर्ष नेपालमा निकै लोकप्रिय भइरहेको फलको रूपमा ड्रागन परिचित छ । व्यवसायी गिरीसँगको कुराकानीको आधारमा तयार गरिएको सामग्री हो ।)

     

    साताको लोकप्रीय