उच्चप्रविधि युक्क्त युरोपेली ब्राण्डको फोर्मा ट्याक्टर नेपालमा केके छन् नयाँ विशेषता ? 

उच्चप्रविधि युक्क्त युरोपेली ब्राण्डको फोर्मा ट्याक्टर नेपालमा केके छन् नयाँ विशेषता ? 

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • उच्चप्रविधि युक्क्त युरोपेली ब्राण्डको फोर्मा ट्याक्टर नेपालमा केके छन् नयाँ विशेषता ? 

    काठमाडौं / नेपालमा पहिलो पटक कृषि गु्रपले युरोपेली ब्राण्डको फोर्मा टयाक्टर बजारमा ल्याएको छ । कृषि गु्रप अन्तर्गतको यती टेक्निक फाम प्रा.लिले नेपाली बजारमा फोर्मा ट्याक्टर भित्र्याएको हो । हिजो बुधबार होटल सोल्टीमा विशेष कार्यक्रमसहित लन्च गरेको थियो ।

    images
    images

    कार्यक्रममा अर्थमन्त्री जानर्दन शर्माको पनि उपस्थिति थियो । मन्त्री शर्माले आफनै देशमा उद्योग सञ्चालन गरे कम्पनीलाई जग्गा र सहुलियतमा विद्युत उपलब्ध गराउने बताए । 


    उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले कृषि यन्त्र वितरण मात्र गर्दा परनिर्भरता बढ्ने भएकाले उत्पादनलाइ पनि ध्यान दिन आवश्यक रहेको बताएका थिए ।  

    forma - tactor-.JPG

    मन्त्री शर्माले नेपालमै फोर्मा ट्याक्टर उत्पादन गर्न थाल्ने हो भने सरकारले कम्पनीको आवश्यकता अनुसार माग भए बमोजिमको जग्गा उपलव्ध गराउने बताएका छन् । उनले उद्योग संचालनका आगि आवश्यक सहुलियत दरमा विद्युत उपलव्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    यस्तो ट्याक्टरको विशेषताः 


    नेपालमा पहिलो पटक कृषि गु्रपले युरोपेली ब्राण्डको फोर्मा टयाक्टर  नयाँ प्रविधियुक्त भएको जनाएको छ ।  जिपीएसको माध्यमबाट काम गरे नगरेको सजिलै हेर्न सकिन्छ । मूख्य कार्यलय वा घरबाटै फिल्डमा निस्केको ट्याक्टरको अनुगमन गर्न सकिन्छ ।

    तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइलमार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो । अरु ट्याक्टरको तुलनामा बलियो, तराई तथा पहाडी जुनसुकै क्षेत्रमा पनि सजिलै प्रयोग गर्न सकिने कम्पनीको दावी छ । उच्च प्रविधि जडित भएकोले फोर्मा ट्याक्टर नेपालमा भित्र्याएको कृषि गु्रपले जनाएको छ ।


    कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले के भने ? 


    कृषि ग्रुपकाका अध्यक्ष तेजबिक्रम थापाले कृषि गु्रप अन्तर्गत दुइदर्जन भन्दा बढी कम्पनीहरु सञ्चालनमा रहे पनि मुख्य लगानी कृषि क्षेत्रमा रहेको जानकारी दिएका छन् । 


    अध्यक्ष थापाले कृषि क्षेत्रको उत्पादनलाइ बृद्धि गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । उनले अहिलेका किसानहरु प्रविधिसँग नजिक भएकै कारण किसानहरुकै चाहाना अनुरुप फोर्मा टयाक्टर भित्र्याएकोसमेत बताए ।

     
    अध्यक्ष, कृषि ग्रुपका तेजबिक्रम थापा भन्छन्ः  


    कृषिगु्रप एवम् यति टेक्निक फाम प्रालिका बजार प्रमुख अनिल श्रेष्ठले फोर्मा टयाक्टर आधुनिक प्रविधियुक्त ट्याक्टर भएकोले किसानको रोजाईमा पर्ने बताए । उनले कृषि क्षेत्रलाई पुरानो ढर्राबाट उन्मुक्तिका लागि पनि फोर्मा ट्याक्टरको आवश्यकता भएको बताए । बजार प्रमुख श्रेष्ठले कृषि ग्रुपले किसानको आवश्यकता अनुसार काम गर्ने पनि बताए । 


    यति टेक्निक फाम प्रा. लिका विजनेस हेड अनिल श्रेष्ठको भनाई


    अहिले भारतको स्वामित्वमा रहेको फोर्मा ब्राण्डको ट्याक्टर युरोपेली प्रविधिका साथै भारतमा अत्याधुनिक प्रविधिबाट बनाएर विश्वबजारमा निर्यात गर्दे आएको छ ।   फोर्मा ब्राण्ड परम्परागत युरोपेली कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो ।

    forma tactor 2.JPG

    यो बोटोसानीको रोमानियाली टाउन शिपमा आधारित भएको र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको ट्याक्टर हो । फोर्मा टयाक्टरको अन्तर्राष्ट्रिय व्यापार प्रमुख अजय मल्लिकले फर्मा ब्रान्डको ट्याक्टरको नेपालको भुगोल सुहाउँदो भएकाले किसानहरुको हितमा रहेको बताए । 


    अजय मल्लिक, प्रमुख, फोर्मा ट्याक्टर अन्तर्राष्ट्रिय व्यापार, भारत


    यति टेक्निक फाम प्रालिले फोर्मा ट्याक्टरको बुटवल, पोखरा, विरगन्ज, नारायणघाट, बिर्तामोड र सुर्खेतमा शाखा विस्तार गरिसकेको छ । धनगढी, नेपालगन्ज, विराटनगर र जनकपुरमा पनि छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

    फोर्मा ट्याक्टरमा स्मार्ट आई सिस्टम, जीपिएस सिस्टम, ४० देखि ७५ हर्स पावर क्षमता रहेको छ । जिपीएसको माध्यमबाट काम गरे नगरेको, तेल, इन्जिनको अवस्था घरमै बसेर मोबाइल मार्फत हेर्न सकिने फोर्मा ट्याक्टरको विशेषता हो ।

    कृषि गु्रपले विगत २२ बर्षदेखि युवाहरुलाई स्वदेशमै कृषि मार्फत रोजगारी सिर्जना गरेर विदेश जाने युवाहरुलाई रोक्ने मुख्य लक्ष्य लिएर विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । कृषि गु्रपले सहकारी, स्वास्थ्य, कृषि मार्ट, कृषि फार्म, सञ्चार, मल उत्पादन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

    साताको लोकप्रीय