बच्चाहरुका लागि पुस्तक “पानीमा रुझ्नु हुँदैन”  बजारमा 

बच्चाहरुका लागि पुस्तक “पानीमा रुझ्नु हुँदैन”  बजारमा 

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • बच्चाहरुका लागि पुस्तक “पानीमा रुझ्नु हुँदैन”  बजारमा 

    सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कडेलको चित्राङ्कन रहेको “पानीमा रुझ्नु हुँदैन” शीर्षकको चित्रकथा प्रकाशित भएको छ । 

    images
    images

    यस चित्रकथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथ्क हुन सक्छ भन्ने कुरालाई इङ्कित गरिएको छ।

    “पानीमा रुझ्नु हुँदैन” शीर्षक चित्रकथाको प्रमुख पात्र हो ईश्वर । कथामा, ईश्वर विद्यालय जान पानी रोकिने प्रतिक्षामा हुन्छ तर पानी रोकिने छाँट हुँदैन । 

    ईश्वरको आमा तुलसाले झ्यालबाट बाहिर हेर्दै भन्छिन्, “एकै छिन पख् छोरा १ पानी रहला जस्तो छैन । फेरि बाटामा पानी पर्‍यो भने रुझौला । पानीमा रुझ्नुहुन्न। बिरामी परिन्छ ।”  

    ईश्वरसँग पानी परेको बेला बिद्यालय जान बर्सादी हुँदैन र आमाको बिग्रेको छाता ओढेर जाँदा साथीले जिस्काउँदा पनि नराम्रो नमानी बरु अरु साथीलाई पनि छातामा ओट दिन्छ ।

    यस पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयो गर्नुपर्छ भन्ने बिषयबस्तु रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

    यो पुस्तक तीन वा तीन वर्षभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षभन्दा माथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त छ । 

     

    साताको लोकप्रीय