नेप्से परिसूचक ५.४० अंकले बढ्यो, कारोबार रकम २ अर्ब २३ करोड माथि 

नेप्से परिसूचक ५.४० अंकले बढ्यो, कारोबार रकम २ अर्ब २३ करोड माथि 

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • नेप्से परिसूचक ५.४० अंकले बढ्यो, कारोबार रकम २ अर्ब २३ करोड माथि 

    काठमाडौँ / साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५.४० अंकले बढेर एक हजार ६४३.०४ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने बढेको हो । 

    images
    images

    नेप्सेको आँकडा अनुसार यो दिन सेन्सेटिभ इन्डेक्स समेत आज १.१४ अंकले बढेर ३२६.६० बिन्दुमा पुगेको छ । 

    आज कूल १९८ ओटा कम्पनीको २९ हजार ६०६ पटकको व्यापारमा ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्से परिसूचक बढे पनि अघिल्लो कारोबार दिनको तुलनामा आजको कारोबार रकममा सामान्य गिरावट आएको देखिन्छ । सोमबार २ अर्ब ४५ करोडमाथिको कारोबार भएको बजारमा नेप्से परिसूचक भने सामान्य अंकले घटेको थियो । 

    मंगलबार कारोबारमा आएका बैंकिङ र विकास बैंक समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । 

    सर्वाधिक शेयरमूल्य बृद्धि भई आज व्यापार समूहको परिसूचकमा उछाल आएको छ । उक्त समूहको परिसूचक ४.८० प्रतिशतले बढेको हो ।

    त्यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक २.४९ प्रतिशत, निर्जीबन बीमा समूहको २.१८ प्रतिशत, अन्य समूहको १.३९ प्रतिशत, वित्त समूहको ०.६३ प्रतिशत, हाइड्रो पावर समूहको ०.५१ प्रतिशत,  लघुवित्त समूहको ०.२० प्रतिशत, जीवन बीमा समूहको ०.१४ प्रतिशत र होटल समूहको परिसूचक ०.११ प्रतिशतले बृद्धि भएको छ । 

    त्यस्तै, आज बैंकिङ समूहको परिसूचक ०.१७ प्रतिशत र विकास बैंक समूहको परिसूचकमा भने ०.७६ प्रतिशतको गिरावट आएको छ । 

    आजको कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको हिस्सा सर्वाधिक रह्यो । उक्त कम्पनीको आजको कारोबार रकम १० करोड ३ लाख २१ हजार रुपैयाँ रहेको छ भने एन आई सी एशिया बैकको ८ करोड ३४ लाख ४८ हजार रुपैयाँ, प्राइम कमर्शियल बैंकको ८ करोड ४ लाख ४९ हजार रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ६ करोड ३७ लाख रहेको छ भने शिवश्री हाइड्रो पावरको ५ करोड ९७ लाख ६९ हजार रुपैयाँ रहेको छ । 

    मंगलबारको कारोबारमा पनि ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यसदिन विशाल बजार कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता २१२ रुपैयाँका दरले बढेर अन्तिम मूल्य २ हजार ३४१ रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी सुमित लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९२ प्रतिशत अर्थात प्रतिकित्ता ८५ रुपैयाँले बृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता ९४२ रुपैयाँ कायम भएको भने भने पाँचथर पावर कम्पनी लिमिटेडको शेयरधनीहरुले ९.७३ प्रतिशतले कमाएका छन् भने शिव श्री हाइड्रो पावरको लगानीकर्ताहरुले पनि ९.४३ प्रतिशतले कमाए । 

    यसदिन महालक्ष्मी विकास बैंकका शेयरधनीहरुले सबैभन्दा बढी २.५५ प्रतिशतले गुमाएका छन् भने दिव्यश्वोरी हाइड्रोपावरको शेयरमूल्य पनि २.५२ प्रतिशतले घटेको छ ।

    त्यस्तै, युनियन हाइड्रोपावरको शेयरमूल्य २.४४ प्रतिशत, जोशी हाइड्रो पावरको शेयरमूल्य २.३४ प्रतिशत र अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्टको शेयरमूल्य समेत २.३३ प्रतिशतले ओरालो लागेको छ । 

     

    साताको लोकप्रीय