शेयर बजारमा ३२.३१ अङ्कको गिरावट, कुन समूहको परिसूचक कति घट्यो ?

शेयर बजारमा ३२.३१ अङ्कको गिरावट, कुन समूहको परिसूचक कति घट्यो ?

अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८
अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा ३२.३१ अङ्कको गिरावट, कुन समूहको परिसूचक कति घट्यो ?


    काठमाडौँ / सोमबार सामान्य बृद्धि भएको धितोपत्र बजारमा मंगलबार भने ३२.३१ अङ्कको गिरावट आएको छ ।

    images
    images

    यो दिन १.१७ प्रतिशतले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ७३३.१२ बिन्दुमा झरेर बन्द भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.९८ अङ्कले घटेर  ५१५.४८ बिन्दुमा झरेको छ । 

    नेप्से परिसूचकमा गिरावट आए पनि अघिल्लो कारोबार दिनको तुलनामा यो दिन कारोबार रकम भने बढेको छ । सोमबार  तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ मूल्य बराबरको कारोबार भएको बजारमा आज ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँ बराबरको कारोबार भएको हो । 

    मंगलबार २२७ ओटा कम्पनीको ५३ हजार ७६७ पटकको व्यापारमा आज ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    आज अन्य समूहको परिसूचक ०.९४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । आज सर्वाधिक बढी वित्त समूहको परिसूचक ३.४० अङ्कले घटेको छ भने होटल्स तथा पर्यटन समूहको २.७० प्रतिशत, हाइड्रोपावरको २.३४ प्रतिशत, विकास बैंकको २.२३ प्रतिशत, लगानी समुहको १.५३ प्रतिशत, जीवन बीमाको १.२८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.५५ प्रतिशत, निर्जीबन बीमाको १.६२ प्रतिशत व्यापारिकको १.४७ प्रतिशत, म्युचुअल फण्डको ०.४६ प्रतिशत, लघुवित्तको १.०४ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.८४ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य १८०.९० रुपैयाँले बढेर अन्तिम मूल्य एक हजार ९९०.१० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आइसिएफसि फाइनान्सका लगानीकर्ताहरूले सर्वाधिक बढी गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ५.८४ प्रतिशतले घटेर अन्तिम मूल्य ८१९.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, एनआईबिएल प्रगती फण्ड र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले पनि आज ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

    मंगलबारको कारोबार रकममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको हिस्सा सर्वाधिक बढी रह्यो । उक्त कम्पनीको शेयरमूल्य समेत २.५९ प्रतिशतले बढेको बजारमा आज कारोबार अवधिभर ४१ करोड ५७ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

     

    साताको लोकप्रीय