बिजुलीको जडित क्षमता १५ सय मेगावाट

बिजुलीको जडित क्षमता १५ सय मेगावाट

अर्थ डबली
शनिवार, जेठ १५ २०७८
अर्थ डबली
शनिवार, जेठ १५ २०७८ (अर्काइभ बाट)
  • बिजुलीको जडित क्षमता १५ सय मेगावाट

    काठमाडौँ / सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । 

    images
    images

    अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ ।

    यो गत वर्षका तुलनामा ४.१ प्रतिशतले बढी हो । यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

    त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे  सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित  आठ हजार ५८२ किलोमिटर र कच्ची सडक  नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ ।

    यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पुर्याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ । 

    आर्थिक सर्वेक्षणानुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ । 

    काठमाडौँको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूललगायत महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । 

    साताको लोकप्रीय