एक करोड लागतको खानेपानी आयोजना निर्माण सम्पन्न

एक करोड लागतको खानेपानी आयोजना निर्माण सम्पन्न

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • एक करोड लागतको खानेपानी आयोजना निर्माण सम्पन्न

    वाग्मती / लामो समयदेखि  खानेपानीको अभाव झेल्दै आएका  स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

    images
    images

    जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् ।

    जिल्ला समन्वय समितिको रु ६० लाख र सो गाउँपालिकाको रु ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।
     
    एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए । 

    कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हुँमागाईंको भनाइ छ ।

      मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको  निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिए । 

    साताको लोकप्रीय