झाँक्रीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

झाँक्रीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

अर्थ डबली
बुधवार, माघ २१ २०७७
अर्थ डबली
बुधवार, माघ २१ २०७७ (अर्काइभ बाट)
  • झाँक्रीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई अलग अलग ज्ञापनपत्र बुझाएर अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अशोभनीय टिप्पणी’ गर्ने निवर्तमान सांसद रामकुमारी झाँक्रीलाई कारवाही गर्न माग गरेको छ ।

    images
    images

    अनेमसङ्घका अध्यक्ष सीता पौडेललको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र गृहमन्त्री थापालाई सिंहदरबारस्थित मन्त्रालयमा भेटी ज्ञापनपत्र बुझाएको हो । 

    ज्ञापनपत्रमा झाँक्रीले देशभरका एकल महिलामाथि अपमान गर्नेगरी सेतो सारीको प्रसङ्ग उठाएको र राष्ट्रपति भण्डारीको व्यक्तिगत चरित्र हत्या गरेकाले तत्काल कारवाही माग गरिएको सङ्घका सचिव सुजिता शाक्यले जानकारी दिइन्। 

    उनका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीलाई कारवाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिने बताए । सङ्घले झाँक्रीलगायत यस्ता अभिव्यक्ति दिने अन्यलाई पनि तत्काल पक्राउ गरेर कारवाही गर्नसमेत माग गरेको सङ्घका सचिव शाक्यले बताइन्। 

    अनेमसङ्घले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बहस गरिरहेका अधिवक्ताकाविरुद्ध सडकमा दिएका अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ । 

    ज्ञापनपत्रमा संसद् विघटनको पक्षमा बहस गर्ने अधिवक्तालाई सडकमा ल्याउने अभिव्यक्ति दिएको भन्दै त्यस्ता गतिविधि रोक्न पनि अनेमसङ्घले गृहमन्त्रीको ध्यानाकर्षण गराएको अनेमसङ्घकी केन्द्रीय सदस्य संयोजक दीपा शर्माले बताइन् र

    साताको लोकप्रीय