काठमाडौँ / गरिमा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा श्याम प्रसाद वस्याल निर्वाचित भएका छन् ।
बैंकको यही माघ ३० गते सम्पन्न १४औँ बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट श्यामप्रसाद बस्याल, आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विमल पाण्डे, संवि ढकाल, सरस्वती पाठक सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साधारण सभा पश्चात बसेको नवनिर्वाचित सञ्चालकहरुको वैठकबाट सञ्चालक बस्याललाई अध्यक्षमा मनोनित भएका हुन् ।